विश्व इतिहासमा आज : लिस्वियन सन्धि कार्यान्वयनदेखि तेहरान सम्मेलन सम्पन्नसम्म « Khabarhub

विश्व इतिहासमा आज : लिस्वियन सन्धि कार्यान्वयनदेखि तेहरान सम्मेलन सम्पन्नसम्म


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज १ डिसेम्बर। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटना :

लिस्वियन सन्धि कार्यान्वयनमा
सन् २००९ मा लिस्वियन सन्धि कार्यान्वयनमा आएको थियो। युरोपेली मुलुकहरुको संविधानको आधारसमेत मानिने यो सन्धिलाई सन् २००७ मा १३ देशहरुले हस्ताक्षर गरेका थिए। लिस्वियन सन्धिले म्यास्ट्रिच सन्धि र रोम सन्धिलाई संशोधन गरेको हो।

फ्रान्सबाट मध्य अफ्रिकी गणतन्त्र घोषणा
सन् १९५८ मा फ्रान्सको उपनिवेश उवांगी शारीले स्वायत्त भएको घोषणा गरेको थियो। त्यसको दुई वर्षपछि उसले स्वतन्त्र भएको घोषणा गरेको थियो। फ्रान्सबाट स्वतन्त्र भएपछि यसको नाम मध्य अफ्रिकी रिपब्लिक घोषणा गरिएको थियो।

तेहरान सम्मेलन सम्पन्न
सन् १९४३ मा अमेरिका, बेलायत र सोभियत युनियनबीचको तेहरान सम्मेलन सम्पन्न भएको थियो। फ्रान्समा जर्मनीविरुद्ध दोस्रो मोर्चा र जापानविरुद्ध सोभियत युनियनको युद्ध घोषणासँगै तेहरान सम्मेलन सम्पन्न भएको थियो।

व्रिटीश हाउस अफ कमनकी पहिलो महिला
नेन्सी एस्टर बेलायतको संसद्को तल्लो सदन हाउस अफ कमनमा आबद्ध हुने पहिलो महिला हुन्। उनी सन् १९१९ मा निर्वाचित भएकी थिइन्।

आइसल्यान्ड स्थापना
सन् १९१८ मा आइसल्यान्ड अधिराज्य स्थापना गरिएको थियो। डेनमार्कसँगको एउटा कानुनमा हस्ताक्षरपछि आइसल्यान्ड स्थापना गरिएको थियो। कानुनले आइसल्यान्डलाई डेनमार्कका साझा राजतन्त्रसहित डेनमार्कलाई सार्वभौम देशको मान्यता दिएको थियो। सन् १९४४ मा आइसल्यान्ड गणतन्त्र स्थापना नहुन्जेल आइसल्यान्ड अधिराज्य अस्तित्वमा थियो।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ७ : २२ बजे

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको