पठन संस्कृतिको विकासका लागि प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी « Khabarhub

पठन संस्कृतिको विकासका लागि प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि पुस्तक प्रदर्शनी सुरु गर्दैछ । प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी हुनेछ ।

प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को यसै महिनासम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए । रु तीनदेखि रु दुई हजार ७० मूल्यका पुस्तक प्रदर्शनीमा राखिने भएका छन् । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद, दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायतका धेरै विषयका पठनीय एवं अतिउपयोगी करिब पाँच सय थरीका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएका छन् ।

नेपाली बृहत् शब्दकोश, प्रज्ञा नेपाली अङ्गेजी शब्दकोशलगायत शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था छ । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको उनले जानकारी दिए । माटोको ममता, महेन्द्र प्रवचन मालाजस्ता रु तीनदेखि नेपाली बृहत् शब्दकोशको रु एक हजार आठ सय ९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको ढुङ्गेलले बताए। यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रज्ञाले वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस महिना, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको छ ।

प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री हुने गरेका छन् । दैनिक तीन सयभन्दा बढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने गरेका छन् । पुस्तक प्रदर्शनीका क्रममा दैनिक रु २० हजार बराबरको पुस्तक बिक्री हुने गरेकोसमेत व्यवस्थापक ढुङ्गेलले बताए ।

प्रज्ञाबाट प्रकाशित पुस्तक विशेष भएकाले साझा प्रकाशन र निजी प्रकाशनमार्फत सातै प्रदेशमा पु¥याएर प्रज्ञाको गरिमा बढाउन लागिएको जनाइएको छ । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पुर्‍याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइने जनाइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ८ : २४ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक