युवाको नेतृत्व : अर्को एउटा भ्रम | Khabarhub Khabarhub

युवाको नेतृत्व : अर्को एउटा भ्रम

युवा कसलाई भन्ने ?



काठमाडौं- पंक्तिकारलाई नेकपा (एमाले)का अध्यक्ष केपी ओलीका दिनहुँजसोका उखानटुक्के गन्थन मन पर्दैन। तर, कहिलेकाँही उनी घतलाग्दो कुरा पनि गर्ने गर्छन्। राजनीतिमा ‘युवा पुस्ताको सहभागीता’को कोकोहोलो मच्चिरहेको बेला उनले चिकित्सकको उदाहरण दिँदै भनेका थिए, ‘भर्खर एमबीबीएस गरेर आएको चिकित्सकलाई तपाईं अपरेशन थियटरमा हुल्न सक्नुहुन्न, बरु लामो समयसम्म शल्य चिकित्सा गर्दै आएको चिकित्सकले नै परिपक्व रुपमा शल्यक्रिया गर्नसक्छ।’

कमरेड ओलीको यो भनाइ चाहिँ जायज हो। पंक्तिकारले चिनेका कयौं नयाँ चिकित्सक छन्। मुटु रोग विशेषज्ञ पनि होलान्। मानौं, मुटुको शल्यक्रिया गर्नुपर्ने भो भने पंक्तिकारले विश्वास गर्ने भनेको डा.भगवान कोइरालालाई नै हो, जसले दिनहुँ कम्तीमा मुटुका तीन बिरामीको शल्यक्रिया गर्ने गर्छन् र उनको यसमा विशेष दक्षता र अनुभव छ। के उनी युवा हैनन् भनेर उनको अनुभवमाथि चुनौती दिनसक्ने ल्याकत कसैसँग छ ?

चेतना, विचार, सक्रियता र परिवर्तनसँग उमेरको कुनै तादात्म्य छैन। राजनीतिलगायत हरेक क्षेत्रमा युवा पुस्ता आउनुपर्छ भन्ने जुन कोकोहोलो मच्चिरहेको छ, त्योसँग अस्तित्वको यथार्थ पटक्कै मिल्दैन।

राष्ट्रकवि माधव घिमिरेको ‘ऋतम्बरा’ या मदनमणि दीक्षितको ‘माधवी’ कृतिको चेतनासम्म सुविन भट्टराईको ‘साया’ पुग्नसक्ला ? अवश्य पुग्न सक्दैन। अनि हालै दिवंगत भएका शताब्दी पुरुष सत्यमोहन जोशीको चेतना र कृतिसँग अहिलेका भुसतिघ्रेका लेखकका कृतिको तुलना हुनसक्छ ? कदापी हुँदैन।

चेतना, विचार, सक्रियता र परिवर्तनसँग उमेरको कुनै तादात्म्य छैन। राजनीतिलगायत हरेक क्षेत्रमा युवा पुस्ता आउनुपर्छ भन्ने जुन कोकोहोलो मच्चिरहेको छ, त्योसँग अस्तित्वको यथार्थ पटक्कै मिल्दैन।

विचार या सक्रियता उमेरले निर्धारण गर्ने हैन। दक्षिण एसियाकै कुरा गरौं। भारतमा स्वतन्त्रता संग्रामलाई अन्तिम किनारा लगाउँदा महात्मा गान्धी बुढा भइसकेका थिए।

युवा उमेरमा त उनी अफ्रिकातिर थिए। लौरो टेक्ने र चर्खा चलाउने उमेरमा उनी अंग्रेजसँग कसरी भिडेका थिए भन्ने त इतिहासमै अंकित छ।

के प्रधानमन्त्री हुँदा अटलविहारी बाजपेयी तरुण थिए ? के लोकपाल बिलका लागि दिल्लीको रामलिला मैदानमा आमरण अनसन बस्ने अन्ना हजारे ‘प्लस टु या ब्याचलर जेनरेशन’का थिए ?

कश्मीर मुद्दामा तासकन्द सम्झौता गर्दा अनि मर्नुअघि ‘जय किसान, जय जवान’ भनेर भारतमा कृषि, दुग्ध उत्पादनमा ऐतिहासिक फड्को मार्ने निर्णय गर्दा तात्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्री बृद्ध नै थिए।

पाकिस्तानसँगको युद्ध, ‘फतेह’ अनि बंगलादेश विभाजन र सिक्कीमलाई भारतमा विलय गर्दै संकटकालसमेत लगाएर भारतको अखण्डता जोगाउने कालखण्डमा इन्दिरा गान्धीका पनि केशका रांैं फुलिसकेका थिए।

के प्रधानमन्त्री हुँदा अटलविहारी बाजपेयी तरुण थिए ? के लोकपाल बिलका लागि दिल्लीको रामलिला मैदानमा आमरण अनसन बस्ने अन्ना हजारे ‘प्लस टु या ब्याचलर जेनरेशन’का थिए ?

तिनै बुढा अभियन्ता हजारेको आन्दोलनकै जगमा अहिले दिल्लीमा अरविन्द केजरीवाल मुख्यमन्त्री भएका छन् भने अन्ना हजारेको आन्दोलनलाई समर्थन गर्ने बाबा रामदेव के भर्खरका तरुण हुन् ?

दोश्रो पटक प्रधानमन्त्री भइसकेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उमेरले ७२ का भइसके, तर उनको उदयलाई चुनौती दिन भारतमा करीब सत्तरी वर्ष शासन गरीसकेको गान्धी–नेहरु परिवारका पछिल्ला उत्तराधिकारी राहुल गान्धीलाई हम्मेहम्मे परिरहेको छ। बृद्ध झैं देखिने गरी दाह्रीसमेत नकाटेर यी चकलेटी युवा ‘भारत जोडो अभियान’मा भिडिरहेका छन्।

विश्वकै पहिलो अर्थतन्त्र अनि महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति जो वाइडेनको उमेर बालेन शाहको भन्दा कयौं गुना धेरै छ, बाइडेन ७९ वर्षका छन्, जुन नेपालीहरुको औसत आयुभन्दा धेरै माथि हो।

खै त युवा राहुलले बृद्ध मोदीलाई परास्त गर्न सकेको ? अनि खै त मोदीसँग झैं राजनीतिको परिपक्व अनि दुरदर्शी भिजन दिन सकेको ? के युवा भनेर मात्र हुन्छ ?

श्रीलंकामा रनिल विक्रेमसिंघे ७३ वर्षमा प्रधानमन्त्री भए र श्रीलंकाको आर्थिक बेथितिसँग जुझ्दैछन्। मियाँ मुहम्मद शेहवाज सरीफ ७१ वर्षको उमेरमा पाकिस्तानको २३ औं प्रधानमन्त्री भएका छन्। शेख हसिना बाजेद बंगलादेशमा शासनमा छिन् र उनको उमेर पनि ७५ वर्ष पुगिसकेको छ।

६९ वर्षका सी चीन फिङलाई चीनको संविधानले नै आजीवन राष्ट्रपति घोषणा गरिसकेको छ। विश्वकै पहिलो अर्थतन्त्र अनि महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति जो वाइडेनको उमेर बालेन शाहको भन्दा कयौं गुना धेरै छ, बाइडेन ७९ वर्षका छन्, जुन नेपालीहरुको औसत आयुभन्दा धेरै माथि हो।

रुसमा भ्लादीमिर पुटिन ७० वर्षको उमेरमा पनि विश्व शक्ति संघर्षमा भिडिरहेकै छन्। भ्याटिकन सिटीका पोप फ्रान्सीस ८५ वर्षका भइसके, अझै पनि सक्रिय छन्।

प्यालेस्टाइनमा ८७ वर्षका मोहम्मद अब्बास राष्ट्रपति हुन चाहिँ हुने, अनि नेपालमा चाहिँ कथित युवा नै चाहिने ? यसमा तुकको तर्क कहाँनेर छ हँ ?

खासमा भन्ने हो भने एकाध अपवाद राष्ट्रलाई छाडने हो भने विश्वमै युवा नेतृत्व देखिदैन। दक्षिण एसियामा त पटक्कै छैनन्। नेपालको त कुरै नगरौं।

महामन्त्री गगन आफै कांग्रेसका महामन्त्री छन्। उनले युवाको दुहाइ दिइरहँदा किन कांग्रेसले समानुपातिकमा युवाको मत ल्याउन सकेन ? किन उनले पार्टीको समग्र विजयको साटो आफूलाई मात्र केन्द्रमा राखेर प्रचार अभियान चलाए ?

अतः युवा पुस्ताले नै समाज बदल्छ भन्ने तर्कसँग परिवर्तनको अस्तिवगत यथार्थ किमार्थ मिल्दैन। अब नेपालको हालै सम्पन्न निर्वाचनमा केही युवा अनुहारले जितेपछि उत्पन्न ‘युवाले नै सरकारको नेतृत्व गर्नुपर्छ’ भन्ने दलिलबारे चर्चा गरौं।

पङ्क्तिकारले माथि नै उल्लेख गरिसकेको छ कि सफल नेतृत्व या परिवर्तनसँग उमेरको कुनै तादात्म्य छैन। जातीय, धार्मिक, भाषिक, भौगोलिक, आर्थिक र राजनीतिक गरेर बहुआयामिक द्वन्द्वले गाँजीएको नेपालमा युवा उत्तेजक नेतृत्व होइन, परिपक्व लचकदार र सहिष्णु नेतृत्व अपरिहार्य छ।

प्रधानमन्त्री बन्न युवा उमेर होइन, अनुभव, विश्वसनियता र अन्तर्राष्ट्रिय ख्यातीको पनि खाँचो पर्छ।

गृह राजनीति भनेको एकलकाँटे खेती होइन, हाम्रो भूराजनीतिसँग अन्तर्राष्ट्रिय राजनीतिक स्वार्थ र सहकार्य पनि जोडिएको हुन्छ। परिपक्व र अनुभवी नेताले नै यो शक्ति सन्तुलन कायम गर्नसक्छ।

कांग्रेस महामन्त्री गगन थापाले बडा उत्तेजक मुद्रामा ‘युवालाई नेतृत्व सुम्पनुपर्छ’ भनेको सुनिदैछ। उनको आशय अब ‘म नै प्रधानमन्त्री बन्नुपर्छ’ भन्ने नै हो।

अब युवा कसलाई भन्ने ? नेपालमा १६ देखि बढीमा ४० वर्षकालाई युवा भन्ने गरिएको छ। गगन थापा युवा कसरी भए ? कि प्रधानमन्त्री हुन नपाउँदासम्म हरेक नेताले आफूलाई युवा नै ठान्ने हो ? यदि यसो हो भने त हामीले रामचन्द्र पौडेललाई पनि युवा नै मान्नुपर्ने हुन्छ।

महामन्त्री गगन आफै कांग्रेसका महामन्त्री छन्। उनले युवाको दुहाइ दिइरहँदा किन कांग्रेसले समानुपातिकमा युवाको मत ल्याउन सकेन ? किन उनले पार्टीको समग्र विजयको साटो आफूलाई मात्र केन्द्रमा राखेर प्रचार अभियान चलाए ?

किन, उनको क्षेत्रमा घन्टी बजेन ? आदि इत्यादि प्रश्न उठनु अस्वाभाविक पनि हैन। आफै बैठकमा बस्ने, हस्ताक्षर गर्ने, तर समानुपातिकतर्फ मतसंख्या बढाउन चाहिँ देशभर कतै नखटिने?

गगनले युवा नै चाहेका हुन् भने मुस्ताङबाट विजयी योगेश गौचन थकालीलाई प्रधानमन्त्री प्रस्ताव गरेर महामन्त्रीद्वय नै प्रस्तावक बसे हुँदैन ?

अनि पानीमाथिको ओभानो हुने अभिष्टले उनी कुन मुखले ‘समानुपातिकमा आएको मत निराशाजनक भएको कार्यकर्ताको जिकिर’ भन्दैछन् ? के यसको नैतिक दायित्व उनले लिनुपर्दैन ?

महामन्त्री थापाको आक्रामक रवैया त कसरी पनि पुष्टि हुन्छ भने उनमा निर्वाचनको अन्तिम परिणाम कुर्ने धैर्यसमेत भएन।

एक त आफूले नजित्दै आफूलाई भावी प्रधानमन्त्रीको हल्ला चलाउन थाले, अर्को आफै पार्टीको एकल सर्वेसर्वा झैं संसदीय दलको बैठक राख्ने कुरा गर्नथाले, अन्तिम परिणाम नआउँदै।

कांग्रेस भनेको लोकतान्त्रिक पार्टी हो। अन्तिम परिणाम आएपछि संसदीय दलको बैठक त बसिहाल्छ। अहिलेदेखि नै मिडिया स्टन्ट गर्नुमा थापाको काँचोपन झल्किन्छ। अब प्रश्न उठछ, यति अधैर्य नेतालाई देशकै नेतृत्व सुम्पने ? त्यो पनि युवा भएकै आधारमा ? हो, गगनले युवा नै चाहेका हुन् भने मुस्ताङबाट विजयी योगेश गौचन थकालीलाई प्रधानमन्त्री प्रस्ताव गरेर महामन्त्रीद्वय नै प्रस्तावक बसे हुँदैन ?

गगन अहिले पनि घनघोर विभ्रममा छन्। काठमाडौं महानगरपालिकामा बालेन शाहजस्ता युवा र संघीय संसदमा केही युवा अनुहारले जितेको अवस्थाबाट लाभ लिन उनले ‘युवावाद’को राग अलापेका हुन्।

घनश्याम भुसाल र बहालवाला गृहमन्त्री बालकृष्ण खाणले हारेको यो चुनावमा महामन्त्री थापाले कसरी दुहाई दिन सक्छन् कि निर्वाचनको परिणामले युवा नै खोजेको हो भनेर ?

महामन्त्री थापाले हेक्का राखेनन्, आफ्नै पार्टीको गौरवमय इतिहास। २०४६ को आन्दोलनताका सर्वोच्च नेता गणेशमान सिंह र धर्मपत्नी मंगलादेवी सिंह वृद्ध नै थिए।

२०४७, कार्तिक २३ मा संविधान जारी गर्दा तात्कालीन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पनि लक्का जवान त पक्कै थिएनन्। अनि २०६२ सालको आन्दोलनका महानायक गिरिजाप्रसाद कोइराला पनि जीवनको उत्तरार्धमै थिए।

हाम्रो राजनीतिका यी अनेक घुम्ती र मोड अनि यसका नायकलाई अस्वीकार गर्न हामी कदापी सक्दैनौं, जसको महान नेतृत्व वृद्ध भइसकेका नेताले नै गरेका थिए।

अतः घनश्याम भुसाल र बहालवाला गृहमन्त्री बालकृष्ण खाणले हारेको यो चुनावमा महामन्त्री थापाले कसरी दुहाई दिन सक्छन् कि निर्वाचनको परिणामले युवा नै खोजेको हो भनेर ?

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ९ : ३६ बजे

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त