भूतपूर्व गोर्खा र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न « Khabarhub

भूतपूर्व गोर्खा र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लण्डन – भूपू गोर्खाको माग सम्बोधनका लागि नेपाल सरकार र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ ।

बुधबार लण्डनस्थिति नेपाली दूतावासमा करिब दुई घण्टासम्म चलेको वार्तामा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालयका पदाधिकारी र भूतपूर्व गोर्खाका प्रतिनिधिको सहभागिता रहेको नेपाली दूतावासले जनाएको छ ।

गोर्खाको समस्या समाधानका लागि तय गरिएको यो बैठकलाई प्राविधिकस्तरको बैठकका रूपमा हेरिएको छ । बैठकमा भूपू गोर्खाको मुख्य माग पेन्सनका विषयमा विस्तृत छलफल भएको र रक्षा मन्त्रालयका पेन्सनसम्बन्धी विभागका पदाधिकारीसँग पुनः अर्को बैठक छिट्टै गरिने सहमति भएको दूतावासकी उपनियोग प्रमुख रोशना खनालले जानकारी दिए ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली दूतावास उपनियोग प्रमुख रोशन खनाल, द्वितीय सचिव रामबाबु नेपाल र बेलायती रक्षा मन्त्रालयको तर्फबाट आर्मर्ड फोर्सेस पिपुल सपोर्ट डिभिजनका जेम्स ग्रीनरड, जेनेभिभ होर्स्टेड, जेन्ना क्लेयर, म्याथ्यु लियोन, ब्रिगेड अफ गोर्खाज हेडक्वार्टरका कर्णेल डेभिड रविन्सन, इन्टरनेशनल पोलिसी एन्ड स्ट्राटेजीका स्क्वाड्रोन लिडर गेभिन रिचार्डसन र आर्मर्ड फोर्सेस पारिश्रमिक विभागकी नाजिया लोधी, भूतपूर्व गोर्खाको तर्फबाट मेजर(अप्रा) जुदबहादुर गुरुङ, मेजर (अप्रा) टिकेन्द्र दल देवान र मेजर(अप्रा) उदयबहादुर गुरुङ सहभागी हुनुभएको दूतावासले जनाएको छ।

तेस्रो वार्ता डिसेम्बर दोस्रो सातासम्म गर्ने गरी बैठक सम्पन्न भएको बताइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  १० : २३ बजे

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र एस्टन भिल्लाले साविक विजेता पीएसजीसँग खेल्ने

काठमाडौं- युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको

रसुवा बाढीमा लमजुङका १० जना सम्पर्कविहीन

लमजुङ– रसुवा बाढीमा परी लमजुङका १० जना सम्पर्कविहीन भएका छन्

रसुवागढी जलविद्युत केन्द्रभित्र फसेका चारजना कर्मचारीको भयो उद्धार

काठमाडौं– रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार भएको

 ११७ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी

धुन्चेका वडाध्यक्ष भन्छन, ‘बाढी आइरहेको छ तर वेग बुधबारको जस्तो बलियो छैन’

काठमाडौं– शुक्रबार भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेंसीभन्दा तल आइपुगेको