झापामा चार महिनामा ३७ जना एचआइभी एड्सबाट सङ्क्रमित « Khabarhub

झापामा चार महिनामा ३७ जना एचआइभी एड्सबाट सङ्क्रमित


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

झापा – जिल्लामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक अस्पतालमार्फत औषधि सेवन गर्ने गरी ११ तथा प्रादेशिक अस्पताल भद्रपुरमार्फत औषधि सेवन गर्ने गरी २६ एचआइभी सङ्क्रमित थपिएका हुन् । गत वर्ष ३० जनामा एचआइभी एड्स सङ्क्रमण भएको थियो ।

जिल्लामा हाल छ सय ३६ एचआइभी सङ्क्रमितले नियमित औषधि (एआरटी) सेवन गरिरहेका छन् । दमक अस्पतालअन्तर्गत दुई सय ११ र प्रादेशिक अस्पताल भद्रपुरअन्तर्गत चार सय २५ जनाले एआरटी औषधि सेवन गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता गरौँ’ नाराका साथ आज जिल्लामा विविधि कार्यक्रम गरी ‘विश्व एड्स दिवस’ मनाइँदैछ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  १० : ४० बजे

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र एस्टन भिल्लाले साविक विजेता पीएसजीसँग खेल्ने

काठमाडौं- युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको

रसुवा बाढीमा लमजुङका १० जना सम्पर्कविहीन

लमजुङ– रसुवा बाढीमा परी लमजुङका १० जना सम्पर्कविहीन भएका छन्

रसुवागढी जलविद्युत केन्द्रभित्र फसेका चारजना कर्मचारीको भयो उद्धार

काठमाडौं– रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार भएको

 ११७ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी

धुन्चेका वडाध्यक्ष भन्छन, ‘बाढी आइरहेको छ तर वेग बुधबारको जस्तो बलियो छैन’

काठमाडौं– शुक्रबार भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेंसीभन्दा तल आइपुगेको