कांग्रेसकै नेतृत्वमा नयाँ सरकार : शेखर कोइराला | Khabarhub Khabarhub

कांग्रेसकै नेतृत्वमा नयाँ सरकार : शेखर कोइराला


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्ने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले पाँच दलीय गठबन्धनले नै कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने बताएका हुन् ।

कांग्रेसभित्रै आधा दर्जन नेता प्रधानमन्त्रीको आकांक्षी देखिएका बेला उनले कसको नेतृत्वमा बन्ने भन्ने विषयमा भने उनले केही खुलाएनन् ।

गठबन्धन दलले कांग्रेस नेतृत्वमा संयुक्त सरकार बनाउने बताएका उनले उक्त सरकारको नेतृत्व कुन नेताले गर्ने भन्ने विषयमा आन्तरिक छलफलपछि मात्र थाहा हुने बताए ।

कांग्रेसकोे संसदीय दलको नेता को भन्ने चासो आमचासो बढेको छ । सभापति शेरबहादुर देउवा, गगनकुमार थापासहितका नेता दलको नेता बन्ने दौडमा देखिन्छन् । तर, कोइरालाले भने पार्टीभित्र छलफल गरेर टुंगोमा पुगिने बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ५ : १४ बजे

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका

समाजवादीका नेता विजय पौडेलले डुबाए माइलस्टोन सहकारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजयकुमार पौडेल संस्थापक

बागमतीमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ

सिन्धुली– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा