नोभेम्बरमा मात्रै ७२ हजार ६५३ पर्यटक नेपाल आए | Khabarhub Khabarhub

नोभेम्बरमा मात्रै ७२ हजार ६५३ पर्यटक नेपाल आए


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गएको नोभेम्बर महिनामा मात्र ७२ हजार ६५३ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को ११ महिनामा झन्डै साढे पाँच लाख पर्यटक नेपाल भ्रमणमा आएका छन् । बोर्डको तथ्यांकअनुसार अधिकांश पर्यटकहरु हवाइमार्ग भएर नेपाल आएका हुन् ।

जनवरीदेखि नोभेम्बरसम्म पाँच लाख ४६ हजार २१३ पर्यटक भित्रिएको बोर्डले जनाएको छ । यीमध्ये नोभेम्बर महिनामा मात्र ७२ हजार ६ सय ५३ जना पर्यटक नेपाल आएका हुन् ।

पर्यटन बोर्डका अनुसार जनावरी महिनामा १६ हजार ९ सय ७५, फेब्रुअरीमा १९ हजार ७ सय ६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५ सय ८९, मेमा ५३ हजार ६ सय ८ जना पर्यटक नेपाल आएका थिए ।

त्यसैगरी जुन महिनामा ४६ हजार ९ सय ५७, जुलाईमा ४४ हजार ४ सय ६२, अगस्टमा ४१ हजार ३ सय ४, सेप्टेम्बरमा ५८ हजार ३ सय १४, अक्टोबरमा ८८ हजार ५ सय ८२ जना पर्यटक नेपाल भित्रिएका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ६ : ५२ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत