गठबन्धनकै सरकार बन्छ : शिक्षामन्त्री पौडेल « Khabarhub

गठबन्धनकै सरकार बन्छ : शिक्षामन्त्री पौडेल


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी पाँच वर्षमा सम्पन्न गर्ने बताएका छन् ।

बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उनले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताए ।

यसअघि गर्न नसकेका काम पनि बाँकी रहेको बताउँदै उनले पहिलेका र अहिले जनतामाझ गरेका प्रतिबद्धता आगामी पाँच वर्षमा क्रमश पूरा गर्न पनि अहिलेकै गठबन्धन नेतृत्वमा सरकार आवश्यक रहेको बताए ।

संघ र प्रदेशको सरकार गठबन्धनका बन्ने बताउँदै बागलुङको विकासका लागि गठबन्धनका नेतासँग समन्वय गरी काम गर्ने उनको भनाइ छ ।

‘प्रदेश र संघमा गठबन्धनको सरकार बनाउँछौं,’ उनले भने, ‘गठबन्धनको सरकार हुँदा जनताका काम गर्न र समन्वय गर्न सजिलो हुन्छ ।’ चुनावपछि जनताको साझा प्रतिनिधि भएको बताउँदै पूर्वाधार विकाशमा समान वितरण हुने आश्वासन दिए ।

ढोरपाटन साल्झण्डी सडक, केन्द्रीय प्रशारण लाइन, पक्की पुल, ढोरपाटनको आलूलाई प्रवर्द्धनलगायतका काम जनताको चाहानाअनुसार हुने उनले बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ७ : १८ बजे

एपिएफ क्लबलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

मोरङ- साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै भारत

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज चैत १५ गते बुधबारका

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हावाहुरी र चट्याङसहित वर्षा

काठमाडौं – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको

आज बुधबार, कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं- हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ।

आज २०७९ साल चैत १५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत १५ गते बुधबार। ज्योतिष