स्विट्जरल्याण्डद्वारा आठ अर्ब डलर बराबरकाे रूसी सम्पत्ति जफत « Khabarhub

स्विट्जरल्याण्डद्वारा आठ अर्ब डलर बराबरकाे रूसी सम्पत्ति जफत


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्विट्जरल्याण्डले युक्रेनमा रूसले शुरू गरेको युद्धलाई लिएर लगाइएको प्रतिबन्ध अन्तर्गत रूसको कूल ७.५ अर्ब स्वीस फ्याङ्क (७.९ अर्ब अमेरिकी डलर) जफत गरेको बिहीबार जनाएको छ ।

महिनौँदेखि रोक्का भइरहेको यो रकम गत जुलाईमा स्टेट सेक्रेटेरिएट फर इकोनोमिक अफेयर्स (सेको) ले उपलब्ध गराएको आँकडाभन्दा करिब एक अर्ब स्वीस फ्याङ्क बढी हो ।

धनी रूसी र तीनका सम्पत्तिका लागि उपयुक्त गन्तव्य स्विट्जरल्यान्डमा पनि १५ शीर्षकमा रूसी सम्पत्ति जफत गरिएको छ ।

सेकोका द्विपक्षीय आर्थिक सम्बन्धका प्रमुख एर्विन बोलिङ्गरले पत्रकारहरूसँग भने, ‘कुनै पनि समयमा जफत गरिएको रकमले ‘प्रतिबन्धहरूको प्रभावकारिता प्रतिबिम्बित गर्न’ आवश्यक नभएको बताए ।

स्वीस अधिकारीहरूले रूसमाथि प्रतिबन्धहरू लागू गर्न खोजिरहेका छन् कहिलेकाँही सावधानीको उपायको रूपमा सम्पत्तिलाई रोक्का गरिन्छ र कहिलेकाहीँ स्पष्टीकरण पूरा भएपछि पनि फेरि प्रतिबन्ध जारी हुन सक्छ ।

रूसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेको चार दिनपछि सामान्य रूपमा तटस्थ देखिने स्विट्जरल्यान्डले मस्कोविरुद्ध छिमेकी युरोपेली सङ्घको प्रतिबन्धसँग आफूलाई मिलाउने निर्णय गरेको थियो ।

युरोपेली सङ्घका समकक्षीहरूजस्तै स्वीस बैंकहरूलाई पनि रुसी नागरिक वा रूसमा रहेका व्यक्ति वा संस्थाहरूबाट एक लाख स्वीस फ्रयाङ्कभन्दा बढीको निक्षेप स्वीकार गर्न प्रतिबन्ध लगाइएको छ र उक्त रकमभन्दा बढी सबै विद्यमान निक्षेपहरू घोषणा गर्न आदेश दिइएको छ ।

विद्यमान निक्षेप घोषणा गरिएको कूल ४६।१ अर्ब स्वीस फ्याङ्क घोषणा गरिएको छ तर सेकोका अनुसार यो ‘स्विट्जरल्याण्डमा जम्मा गरेको रूसी मूलको कुल रकमसँग बराबर हुन सक्दैन ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ८ : २० बजे

भारतीय राजदूत र मन्त्री मेहताबीच छलफल, स्वास्थ्य क्षेत्रमा सहकार्यबारे कुराकानी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता र नेपालका लागि भारतका

म एक्लो छैन, जनमत परीक्षण गर्नुस् : महावीर पुन

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफूलाई पाँच मिनेट समय दिएकोमा

मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकार

गरिब बिना देश चल्छ ? : हर्क साम्पाङ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरिबलाई लखेटेर कहीँ

बादलले सेनाको विरोध गर्दा प्रतिकार उत्रिए रास्वपा र राप्रपा

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले मंगलबार