निर्वाचनमा ज्यान गुमाएकाको परिवारलाई राहत उपलब्ध गराइने « Khabarhub

निर्वाचनमा ज्यान गुमाएकाको परिवारलाई राहत उपलब्ध गराइने


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कर्तव्य निर्वाह गर्ने क्रममा दिवङ्गत भएका सुरक्षाकर्मी र नागरिकका परिवारलाई नेपाल सरकारले राहत उपलब्ध गराउने बताएका छन् ।

केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकमा उनले सम्बन्धित सबैको अपूर्व योगदानले नै निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै निर्वाचनले संविधानलाई बल पु¥याएको बताए । आवधिक निर्वाचन लोतकन्त्रको सबल र सुन्दर पक्ष भएको बताउँदै मन्त्री खाणले यस दायित्वलाई नेपाल सरकारले पूरा गरेको अवगत गराए ।

यो दायित्व पूरा गर्ने सबैलाई धन्यवाद दिँदै उनले कर्तव्य निर्वाह गर्ने क्रममा दिवङ्गत भएका सुरक्षाकर्मी र नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूको परिवार भरणपोषणका लागि सरकारले राहत उपलब्ध गराउने जानकारी दिए ।

निर्वाचनका क्रममा भएका राम्रा पक्षलाई आगामी दिनमा अवलम्बन गरिँदै जाने र कमी–कमजोरीलाई सुधार्दै लैजाने उल्लेख गर्दै मन्त्री खाणले सीमित स्रोत साधान बाबजुद सुरक्षाकर्मीले अहोरात्र खटिई कर्तव्य पूरा गरेकामा विशेष धन्यवाद दिए । निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले निर्माण गर्ने नयाँ सरकार जनताको इच्छा आकाङ्क्षा पूरा गर्ने काममा अघि बढ्ने उनको विश्वास थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  १० : २८ बजे

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच