समानुपातिकतर्फको मतगणना : तेस्रो बन्ने संघर्षमा माओवादी र रास्वपा | Khabarhub Khabarhub

समानुपातिकतर्फको मतगणना : तेस्रो बन्ने संघर्षमा माओवादी र रास्वपा


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हालसम्म कुल एक करोड तीन लाख ६८ हजार ९० मत गणना भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत भएको समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले अहिलेसम्म २७ लाख ६९ हजार पाँच सय २३ मत प्राप्त गरी पहिलो स्थानमा छ ।

निर्वाचन आयोगका अनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ३९ हजार छ सय १९ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६० हजार नौ सय ९१ मत प्राप्त गरेको छ ।

आयोगको विवरणानुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १६ हजार तीन सय १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८५ हजार चार सय ६२, जनता समाजवादी पार्टीले चार लाख २० हजार चार सय ६२, जनमत पार्टीले तीन लाख ९४ हजार दुई सय ९९, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९३ हजार नौ सय ८६, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार छ सय ४८ मत प्राप्त गरेको छ ।

आयोगका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार दुई सय ७७, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ४०, हाम्रो नेपाली पार्टीले ५५ हजार पाँच सय ७६, मङ्गोल नेशनल अर्गनाइजेशनले ४८ हजार दुई सय ७४ मत, राष्ट्रिय जनमोर्चाले ४६ हजार तीन सय ३२ मत प्राप्त गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कुल ४७ दलले सहभागिता जनाएका थिए । त्यसमध्ये अन्तिम स्थानमा रहेको नेशनलिष्ट पिपल्स पार्टीले दुई हजार १५ मत प्राप्त गरेको छ ।

प्रदेशसभातर्फ समानुपातिकतर्फको मतगणना जारी छ । सोही क्रममा प्रदेश नं १ मा एमालेले छ लाख ३२ हजार सात सय चार मत प्राप्त गरेको छ । कांग्रेसले पाँच लाख ३२ हजार आठ सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९१ हजार सात सय ७१, माओवादी केन्द्रले एक लाख ७७ हजार सात सय २१, जनता समाजवादी पार्टीले ५९ हजार चार सय ८५ मत प्राप्त गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले ५४ हजार आठ सय ३१ मत प्राप्त गर्दा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २६ हजार दुई सय ४२ मत प्राप्त गरेको छ ।

मधेस प्रदेशमा कांग्रेसले चार लाख एक सय ४४, एमालेले तीन लाख ५१ हजार सात सय ६८, जनमत पार्टीले तीन लाख २९ हजार एक सय ७७, माओवादीले एक लाख ८० हजार आठ सय ६०, नेकपा (एकीकृत समाजवादी)ले एक लाख १३ हजार नौ सय १५, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख १३ हजार तीन सय ६४ मत प्राप्त गरेको छ ।

बागमती प्रदेशतर्फ एमालेले पाँच लाख ६२ हजार छ सय ७५, कांग्रेसले चार लाख ७१ हजार नौ सय ६१, राप्रपाले दुई लाख ७२ हजार ८९, माओवादीले दुई लाख ७० हजार तीन सय ७२, नेकपा ९एकीकृत समाजवादी०ले ६४ हजार एक सय आठ मत प्राप्त गरेको छ ।

गण्डकी प्रदेशमा एमालेले तीन लाख ४६ हजार आठ सय ९२, कांग्रेसले तीन लाख २५ हजार नौ सय ६४, माओवादीले एक लाख १५ हजार पाँच सय ८४, राप्रपाले ५७ हजार सात सय ७५, हाम्रो नेपाली पार्टीले १८ हजार पाँच सय ४० र राष्ट्रिय जनमोर्चाले १४ हजार आठ सय ४७ मत प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेशमा एमालेले पाँच लाख ७० हजार नौ सय २१, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादीले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२, नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार चार सय ५२, जनमत पार्टीले ८१ हजार छ सय पाँच, जनता समाजवादी पार्टीले ६० हजार आठ सय ८६ मत प्राप्त गरेको छ ।

कर्णाली प्रदेशतर्फ एमालेले एक लाख ८३ हजार नौ सय ५०, कांग्रेसले एक लाख ७० हजार सात सय ५६, माओवादीले एक लाख ३७ हजार छ सय २९, एकीकृत समाजवादीले ३५ हजार आठ सय २६, राप्रपाले २५ हजार एक सय ८६, नेपाल मजदुर किसान पार्टीले आठ हजार नौ सय ९३ मत प्राप्त गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख ४८ हजार आठ सय ४०, कांग्रेसले दुई लाख ४३ हजार ३९, माओवादीले एक लाख १८ हजार नौ सय तीन, नागरिक उन्मुक्ति पार्टीले ९८ हजार पाँच सय ५४, राप्रपाले ४३ हजार आठ सय आठ, एकीकृत समावादीले ४१ हजार आठ सय ३९ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  १० : ३७ बजे

डेंगुबारे सचेतना जगाउन ‘खोज र नष्ट गर’ अभियान 

तनहुँ– तनहुँको व्यास नगरपालिकाले डेंगुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि ‘खोज

‘कांग्रेससँग नमिलेको भए माओवादीले रोएर हिँड्नुपर्थ्यो’

पछिल्लो समय नेकपा माओवादी केन्द्रले कांग्रेससँग सत्ता साझेदारी टुंग्याएर अर्को

गृहमन्त्री लामिछाने विरुद्ध सिंहदरबार अगाडि प्रदर्शन

काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउनुपर्ने माग गर्दै

संसद्‌मा प्रधानमन्त्रीको जवाफ (लाइभ) 

काठमाडौं- प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।  बैठकमा नेपाली

स्क्रिप्ट माग्दा दीपकलाई जब हिन्दी फिल्म ‘अनाडी’ हेर्नू भनियो…

काठमाडौं– निर्माता तथा अभिनेता दीपकराज गिरीले आफू भारतीय फिल्मको हुबहु