हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए कोरोना खोप « Khabarhub

हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए कोरोना खोप


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला – उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हुन् ।

विद्यालयमा अध्ययरत १२ देखि १७ वर्ष उमेरसम्मका ९०.६१ प्रतिशत बालबालिकाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट मानबहादुर रोकायाले जानकारी दिए। ती पालिकाका ती उमेर समूहका पाँच हजार ४९७ बालबालिकालाई ६१ खोपकेन्द्र मार्फत खोप लगाइएको हो ।

ती मध्ये सिमकोटका एक हजार ४१४, नाम्खाका ३३१, खार्पुनाथका ६०३, अदानचुलीका एक हजार १७७ ,ताँजकोटका ५६७, चङ्खेलीमा ५७६ र सर्केगाड गाउँपालिकाका ८२७ रहेका छन् । उत्तरी नाम्खा गाउँपालिका–६ लिमी र यारीका बालबालिका खोप लगाउनबाट बञ्चित भएका छन् । यस क्षेत्रमा अत्यधिक चिसोका साथै बाक्लो हिमपातले स्वास्थ्यकर्मी र खोप पुर्‍याउन कठिनाइ हुने जनाइएको छ । यहाँका बालबालिकालाई खोप कहिले लगाउने भन्ने अझै टुङ्गो लागिनसकेको उनले बताए ।

यसैगरी दक्षिण क्षेत्रमा रहेको चङ्खेली गाउँपालिका–१ र ५ मा रहेको नेक्पागाउँका बालबालिका खोप लगाउनबाट छुटेकालाई एक-दुई दिनमा खोप लगाउने अभियान सञ्चालन गरिनेछ । जिल्लामा छ हजार ३७० डोज मात्रामात्रै मोडर्ना खोप आइपुगेको थियो । पाँच हजार बढी बालबालिकालाई खोप लगाएर अब २२९ डोज बाँकी रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका नौ हजार ९४० बालबालिकालाई खोप लगाउने लक्ष्य थियो ।

पहिलो चरणमा यही पुस ४ देखि १४ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकाले यसको २८ दिनपछि दोस्रो मात्रा खोप लगाउनुपर्ने हुन्छ । जिल्लाभर विद्यालयमा अध्ययरत ती उमेर समूहका बालबालिकाको सङ्ख्या छ हजार ६७ रहेको जनाइएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ९ : ०१ बजे

ऐश्वर्या रायले रजनीकान्तको प्रस्ताव अस्वीकार गरेपछि…

 काठमाडौं – सुपरस्टार रजनीकान्तको करिअरमा ५० करोड रुपैयाँभन्दा बढी कमाइ गर्ने

पुस १ गतेदेखि बाघ गणना गरिँदै

चितवन– अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको

जेन-जीका नाममा जलाइएको संसद् भवन पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू)

काठमाडौं- पूर्वराष्ट्रपति विद्या भण्डारीले बिहीबार मध्याह्न नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा

म्याग्दीको बास्कुना ‘एफएम भिलेज’मा रूपान्तरण

म्याग्दी– बेनी नगरपालिका–४ बास्कुना ‘एफएम भिलेज’ ‘फ्रुट’(फलफूल) र ‘मिल्क’ दूध

एकनाले भरुवा बन्दुक बरामद

कैलाली– भजनी नगरपालिका-९ गन्जहुवास्थित सरस्वती सामुदायिक वनबाट एकनाले भरुवा बन्दुक १ थान