लमजुङमा थपिए चार हजार ७२९ मतदाता « Khabarhub

लमजुङमा थपिए चार हजार ७२९ मतदाता


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा चार हजार ७०० बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय लमजुङले अभियानस्वरूप सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमबाट चार हजार ७२९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय लमजुङले मंसिर १७ गतेदेखि सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन अभियानमा जिल्लाका चार हजार ७२९ जना र जिल्ला वाहिरका ३२ जनाले नाम दर्ता गराएका हुन्।

जिल्लामा पहिलो चरणमा मध्यनेपाल नगरपालिका, सुन्दरबजार नगरपालिका, मर्स्याङदी गाउँपालिका र दुधपोखरी गाउँपालिकामा नामावली संकलन सुरु भएको थियो । मंसिर १७ गतेदेखि २६ गतेसम्म भएको सो कार्यक्रममा मध्यनेपालका ८ सय ५८ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । सुन्दरबजारमा ५५२ जना, मर्स्याङदीमा ३७० जना र दुधपोखरीका १६६ जनाले नाम दर्ता गराएका छन्।

यसैगरी, जिल्लाको राईनास नगरपालिका, दोर्दी र क्होलासोँथार गाउँपालिकामा फोटोसहित मतदाता नामावली संकलन कार्यक्रम दोस्रो चरणमा मंसिर २८ गतेदेखि पुस ९ गतेसम्म भएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी जिवाखर शर्माले बताए ।

दोस्रो चरणको अभियानमा राइनासका ७५० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने दोर्दी गाउँपालिकाका ५४७ र क्होलासोँथार गाउँपालिकामा ४५२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको सुचना अधिकारी शर्माको भनाई छ । स्थानिय तहबाहेक निर्वाचन कार्यालयमा ६ सय ८३ जना र जिल्ला प्रशासन कार्यालय लमजुङमा ३ सय १९ जनाले नाम दर्ता गराएको सूचना अधिकारी शर्माले बताए ।

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता कार्यक्रमबाट बाहिरी जिल्लाका ३२ जना नागरिकहरुले पनि नाम दर्ता गराएका छन् । लमजुङमा २०७७ ५ पुस गते प्रकाशितत अन्तिम मतदाता नामवलीअनुसार जिल्लामा १ लाख २२ हजार ८ सय ६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ९ : ४९ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्