काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज अपराह्न ३ बजेसम्म मतदान हुनेछ । महाधिवेशनमा ७ हजार ३१७ प्रतिनिधिले मतदान गर्नेछन् ।
मतदानका लागि दुई स्थानमा व्यवस्था मिलाइएको छ । राष्ट्रियसभा गृहस्थित मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका प्रतिनिधिले मतदान गरिरहेका छन् ।
त्यस्तै, खुलामञ्चस्थित मतदान केन्द्र ‘ख’ मा कोशी, गण्डकी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले मतदान गरिरहेका छन् ।
मतदान प्रक्रिया सम्पन्न भएपछि आजै मतगणना गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ ।














प्रतिक्रिया