१३ जुवाडे ५२ हजार रुपैयाँसहित पक्राउ « Khabarhub

१३ जुवाडे ५२ हजार रुपैयाँसहित पक्राउ


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट-  जाजरकोटको  भेरी नगरपालिका–४ गैरीखालीस्थित एक स्थानीयको घरमा जुवातास खेल्दै गरेका १३ जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ ।

सन्तोष श्रेष्ठको घरमा अवैध रुपमा जुवातास खेलाइरहेको सूचना पाएपछि जिप्रका खलंगाबाट खटिएको प्रहरी टोलीले आइतबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा भेरी नगरपालिका–५ का ४२ वर्षीया दलबहादुर घर्ती, भेरी–४ को ४६ वर्षीय प्रचण्डजंग शाह, भेरी–८ का २५  वर्षीय जीवन खत्री, भेरी–४ का २७ वर्षीय प्रभात केसी, भेरी–६ बस्ने ३४ वर्षीय शशी बुढा,  भेरी–४ बस्ने ३३ वर्षीय सन्तोष श्रेष्ठ,  भेरी–४ का २७ वर्षीय २७ नीराजन भडेल, छेडागाड नगरपाललिका– १३ का ४२  वर्षीय कर्णबहादुर खड्का छेडागाड–५ का ३६ वर्षीय प्रकाशमान सिंह, छेडागाड–१० का ३६  वर्षीय प्रशुराम गिरी कुशे गापा–९ का वर्ष ४८ को दिकपाल आरसीजी, रुकुम पश्चिम चौरजहारी नगरपालिका–६ का २० वर्षीय विकाश विक र चौरजहारी नगर–३ मै बस्ने ३० वर्षीय बालकृष्ण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीले  खालबाट दुई लाख ५२ हजार १२० रुपैयाँ र तासका गड्डी र विभिन्न कम्पनीका मोबाइल सेट १३ थान बरामद गरेको छ ।

उनीहरूलाई थुनामा राख्न म्याद थपका लागि प्रक्रियाअगाडि बढाउन लागिएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका घर्ती भेरीको प्रमुख प्रशाकीय अधिकृत र शाह वडा ४ को सचिव र बुढा नेपाली कांग्रेस भेरीका सभापति हुन् ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १ : ३३ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक