घरबाटै पानी बोक्न बाध्य छन् जैमिनीका विद्यार्थी « Khabarhub

घरबाटै पानी बोक्न बाध्य छन् जैमिनीका विद्यार्थी


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको जैमिनी नगरपालिका ८ छिस्तीको जनकल्याण माध्यमिक विद्यालयमा खानेपानीको चरम अभाव छ ।

खानेपानी व्यवस्थापनका लागि वर्षेनी बजेट छुट्टिने गरे पनि दिगो समाधान हुन सकेको छैन । विद्यालयमा पानी नभएपछि विद्यार्थीहरूले घरबाटै बोतलमा पानी बोक्न बाध्य छन् ।

पानी नहुँदा विद्यालय परिवारलाई नियमित सरसफाइ तथा शौचमा समेत समस्या हुने गरेको छ । ‘विद्यालयमा पानीको निकै समस्या छ । केही नजिकको साथीहरू हुनुहुन्छ, कोही भने धेरै टाढाको पनि हुनुहुन्छ । विद्यालयको धारामा पानी नै आउँदैन, पानी आयो भने पनि फोहोर हुन्छ’, कक्षा १० मा अध्ययनरत विद्यार्थी अनुजा सुनारले भनिन्, ‘टाढाटाढाबाट आउँदा थाकिन्छ, कहिलेकाहीँ त आकुल ब्याकुल परिन्छ ।’

रजस्वलाको समयमा छात्राहरू विद्यालयमा जानै मान्दैनन् । शौचालय प्रयोग गर्न विद्यार्थीले विद्यालय नजिकका घरबाट पानी माग्ने गरेका विद्यार्थीको गुनासो छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थी विशाल पौडेलले भने, ‘विद्यार्थीले घरबाटै पानी ल्याउँछौँ, विद्यालयको शौचालयमा पानी नै छैन ।’

खानेपानीको चरम समस्या भएपछि विद्यार्थी संख्या पनि कमी हुँदै गएको छ । विद्यालयलाई पायक पर्ने स्थानमा मुहानसमेत छैन । हाल विद्यालयमा पानी ल्याउने मुहान विद्यालयभन्दा चार किलोमिटर टाढा छ । बेलाबेला आउने पानीसँगै लेदो तथा फोहोर पनि आउने गर्दछ । सो कारण विद्यार्थीले उक्त पानी प्रयोग गर्न सक्दैनन् ।

प्रधानाध्यापक यम शर्माका अनुसार प्रावि तहका लागि एक र माध्यामिक तहको लागि एक धारा रहे पनि विभिन्न समयमा निर्माण भएका बाटोका कारण विद्यालयसम्म पानी आउन नसकेको हो । ‘मुस्किलले एक सय लिटर पानी मात्र विद्यालयमा झर्छ, विद्यार्थीलाई पानी पुर्याउन नै समस्या भएको छ,’ प्रधानाध्यापक शर्माले भने, ‘खानेपानीलाई निवेदन लेखेको छु, नगर प्रमुख तथा सरोकारवालासँग सहकार्य गरिरहेका छौँ ।’ न्यूजकारखाना

 

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ७ : ४० बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी