मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने पक्का « Khabarhub

मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने पक्का


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ । जारी सहिद स्मारक ‘ए’ लिग अन्तर्गत सातौं चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन मछिन्द्रले एएफसी कप छनोट खेल्ने भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रका लागि सुनिल बलले पहिलो हाफमा गरेको एक मात्रै गोल निर्णायक बन्यो ।

खेलको २१औं मिनेटमा विशाल राईको फ्रिकिकमा ‘अनमार्क’ रहेका सुनिलले गरेको हेडले जाली चुमेको थियो। जारी लिगमा सुनिलको यो पाँचौं गोल हो।

लिग च्याम्पियनले एएफसी कप खेल्नुपर्ने भएपनि समय अभावका कारण सातौं चरणमै एएफसी क्लब लाइसेन्स प्राप्त गर्ने ४ मध्ये अंक तालिकाको माथिल्लो स्थानमा रहने टोलीलाई एएफसी कपको छनोट खेलाउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले घोषणा गरेको थियो ।

अघिल्लो सिजन च्याम्पियन भए पनि एएफसी क्लब लाइसेन्स नभएकाले मछिन्द्रले एएफसी कप क्वालिफायर खेल्ने अवसर गुमाएको थियो । यसपटक भने मछिन्द्रसँगै आर्मी, मनाङ र एपीएफले क्लब लाइसेन्स पाएका थिए । यी चार क्लबमध्येमा अगाडि रहँदै मछिन्द्रले एएफसी कप छनोट खेल्ने अवसर पाएको हो ।

अर्को दाबेदार मनाङले शनिबार पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई १० ले हराउँदै शीर्षस्थानमा पुनरागमन गरेसँगै मछिन्द्रलाई छनोटका लागि पुलिसविरुद्ध जित्नै पर्ने दबाब थियो । बराबरी वा हारले टोलीको एएफसी कप छनोटको सम्भावना टुंगिने थियो ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ७ : ५० बजे

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक

एउटै रुटका दुई झरना : जिरीको लौतीसँगै जुँगुको छहरामा आन्तरिक पर्यटक बढे

दोलखा– वर्षायाम सुरु भएसँगै दोलखाका प्राकृतिक झरनाहरूमा आन्तरिक पर्यटकको चहलपहल

बालाजु औद्योगिक क्षेत्रस्थित ग्यास उद्योगमा ग्यास लिन सर्वसाधारणको भीड

काठमाडौं– बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यास उद्योगमा ग्यास लिनका लागि

अमेरिकी हतियार भण्डारमा एक हजार इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी

काठमाडौं– एउटा प्रतिष्ठित संस्थाले इरानविरुद्ध युद्ध लडिरहेको अमेरिकी सेनासँग एक