हङकङमा पक्राउ परेका पत्रकारहरुलाई तत्काल रिहा गर्न चीनलाई अमेरिकाको चेतावनी « Khabarhub

हङकङमा पक्राउ परेका पत्रकारहरुलाई तत्काल रिहा गर्न चीनलाई अमेरिकाको चेतावनी


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङस्थित स्ट्यान्ड न्यूजको कार्यालयमा छापा मारेर सातजना वरिष्ठ पत्रकारहरुलाई चिनियाँ सुरक्षाकर्मीले पक्राउ गरेको विषयमा प्रतिक्रिया जनाउँदै अमेरिकाले उनीहरुलाई तत्काल रिहा गर्न चेतावनी दिएको छ । कतारी सञ्चार माध्यम अल जजिराका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकनले एक स्टेटमेन्ट जारी गर्दै पत्रकारिता देशद्रोह नभएको भन्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न चिनियाँ र हङकङका अधिकारीहरुलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘हङकङ सरकारले डिसेम्बर २९ मा स्ट्यान्ड न्यूजको कार्यालयमा छापा मारेर सातजना वरिष्ठ कर्मचारीलाई गिरफ्तार गरेको थियो। स्ट्यान्ड न्यूज देशका केही बाँकी मिडिया संस्थाहरूमध्ये एक हो जसले स्वतन्त्र रूपमा आफ्नो काम गर्दछ। सरकारको यस्तो कारबाहीका कारण संस्थानले आफ्नो सञ्चालन बन्द गर्न बाध्य भएको छ । पत्रकारिता देशद्रोह होइन ।’

विदेशमन्त्रीले चिनियाँ र हङकङ प्रशासनलाई स्वतन्त्र सञ्चारमाध्यमहरूलाई निशानामा नलिनसमेत भनेका छन् । स्वतन्त्र प्रेसलाई मौन बनाएर स्थानीय अधिकारीहरूले हङकङको विश्वसनीयता र व्यवहारलाई कमजोर पारेको उनले टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘एक विश्वस्त सरकार त्यो हो जुन सत्यसँग डराउँदैन र त्यो सरकारले स्वतन्त्र प्रेसलाई अँगालेको छ।’

रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार बुधबार प्रजातन्त्र पक्षधर स्ट्यान्ड न्यूजको कार्यालयमा एक सयभन्दा बढी प्रहरी अधिकारी पुगेका थिए र वर्तमान सम्पादक र केही अन्य सदस्यहरू बाहेकका पत्रकारहरूलाई नियन्त्रणमा लिएका थिए। यो पक्राउपछि स्ट्यान्ड न्यूजले आफ्नो फेसबुक पेजमा स्ट्यान्ड न्यूजले काम गर्न बन्द गरेको लेखेको छ । वेबसाइट र अन्य सामाजिक सञ्जालहरू अद्यावधिक गर्न रोकिएको छ । एजेन्सी

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १० : ०५ बजे

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले