आज २०७८ साल माघ १९ गते बुधबारको राशिफल « Khabarhub

आज २०७८ साल माघ १९ गते बुधबारको राशिफल


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिषशास्त्रमा बृहस्पति र चन्द्रमाको भ्रमणले राशिफल निस्चित गर्दछ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? राशिको आधारमा तपाईंको दैनिक फलादेश हेर्नुहोस्–

मेष : आजको दिन राम्रो छ। आफन्तबाट सहयोग मिल्नेछ। आफूले गरेका काममा मानसम्मान पाइएला। सम्पत्तिको लागि भने सचेतना अपनाउनुपर्नेछ। विद्याको क्षेत्रमा उत्साह बढ्नेछ। सामाजिक क्षेत्रमा स्याबासी पाउने दिन परेको छ। व्यापारिक क्षेत्रमा सन्तोषजनक रहेको छ।

वृष : ग्रहण योग परेकाले आफू र परिवारको तर्फबाट ठूलो लगानी नगर्नुहोला। भोजभतेरमा सहभागी नहुनु। बोल्दा हाँस्दा, ठट्टा गर्दा तितो अभिव्यक्ती बुझ्न सक्छन्। वादविवादमा पर्ने सम्भावना छ।

मिथुन : दिन शु्भ छ। धेरै मौका छ। आर्थिक सामाजिक क्षेत्रमा अघि बढ्नुहोला। न्यायपूर्वक कमाएको सम्पत्तिमा नोक्सान हुने छैन। विद्याको क्षेत्रमा परीक्षाको तयारी गर्दै गरेका कार्यहरु सकारात्मक रहने योग परेको छ।

कर्कट : दिन राम्रो देखिएन। चन्द्रमा र वृहस्पति अष्टमस्थानमा भ्रमण गर्दैछन्। सवारी साधनमा यात्रा गर्दा तीब्रगतिमा नचलाउनुहोला। वैदेशिक क्षेत्रमा भने राम्रो छ। शिक्षा, सामाजिक, आर्थिक क्षेत्रमा सकभर ध्यान दिएर मात्र हात लगाउनु राम्रो हुन्छ।

सिंह : दिन राम्रो छ। इष्टमित्रसँगको सम्बन्ध सुमधुर हुनेछ। हाकिमले समेत सकारात्मक दृष्टि राख्नेछन्। पदोन्नतिको सम्भावना छ। आफूले गरेको लगानीबाट सन्तुष्ट हुने योग परेको छ। लगानी गर्न भने आँट गर्नुहोला।

कन्या : विद्याको क्षेत्रमा सफलता। विद्या सम्बन्धी गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। वैदेशिक क्षेत्रमा भने सावधान रहनुहोला। खुट्टा तान्नेको सङ्ख्या धेरै छ सतर्क रहनुहोला। अन्य क्षेत्र राम्रो छ।

तुला : सहयोगी धेरै छन्। परिवारबाट सन्तोष मिल्नेछ। आर्थिक, सामाजिक, वैदेशिक क्षेत्रमा तपाईलाई सहजता छ।

वृश्चिक : दिन सामान्य छ। ठूलो खर्च गर्ने काममा हात नहाल्नुहोला। शत्रुहरु धेरै छन्। काममा असहयोग गर्ने धेरै छन्। दुई पाङ्ग्रे वहानसँग मात्र सतर्क रहनुहोला।

धनु : दिन सामान्य छ। वैदेशिक रोजगारमा गरेको लगानीबाट आम्दानी राम्रो हुने योग परेको छ। शैक्षिक क्षेत्रमा समेत राम्रो हुने भएकाले विभेदपूर्ण गरेको काम सफल हुनेछ। राजनीति क्षेत्रमा धेरै प्रतिस्पर्धी रहेकाले सतर्क रहनुहोला।

मकर : आजको दिन राम्रो छ। आर्थिक क्षेत्रमा गरेको लगानीले उल्लेखनीय सफलता हात लाग्ने योग परेको छ। निडर भएर लगानी गर्न सक्नुहुन्छ। शैक्षिक क्षेत्रमा भने सन्तोषजनक देखिदैन। खुट्टा तान्नेहरु सफल हुनसक्छन्। वैदेशिक कारोबारमा भने आँटेका कामबाट आम्दानी पाउने योग छ।

कुम्भ : लग्नमा चन्द्रमा र वृहस्पतिले भ्रमण गर्दै गर्दा आफूले बोलेको कुराले प्रभावकारी भूमिका निर्वाह गर्नेछ। आर्थिक सामाजिक क्षेत्रमा उल्लेखनीय सुविधा पाउने योग परेको छ।

मिन : आजको दिन राम्रै छ। आफन्तबाट धनलाभ हुनेछ। रोगको उपचार हुनेछ। शैक्षिक क्षेत्रमा गरेको लगानीले आशिंक फाइदा होला। वैदेशिक रोजगारको कारोबारमा भने सतर्कता अपनाउनुहोला। झुक्याउन खोज्नेहरु पनि सक्रिय छन्। आफै सतर्क हुनुपर्नेछ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ५ : ०४ बजे

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

नारायणगढ– जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा

बारा-१ मा रास्वपाका धिमाल विजयी

बारा (कलैया)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं १

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट- बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय

सर्लाही–१ मा रास्वपाकी नीतिमा कार्की निर्वाचित

मलङ्गवा– सर्लाही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा  राष्ट्रिय

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट– बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय