पाँच वर्ष मुनिका बालबालिकाको खोपलाई मान्यता दिँदै अमेरिका « Khabarhub

पाँच वर्ष मुनिका बालबालिकाको खोपलाई मान्यता दिँदै अमेरिका


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकामा ५ वर्ष मुनिका बालबालिकाको लागि कोरोनाविरुद्धको खोपलाई मान्यता दिने अन्तिम तयारी भएको छ।

अमेरिकामा ५ वर्ष मुनिका बालबालिकाको लागि कोरोनाविरुद्धको खोपलाई मान्यता दिने अन्तिम तयारी भइरहेको छ। यही महिनाको अन्तिमसम्ममा ५ वर्ष मुनिका बालबालिकालाई दिइने भएको छ।

खोपलाई मान्यता दिने तायारी अन्तिम चरणमा पुगेको अमेरिकी औषधि नियामक एफडीएलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
एफडीएका अनुसार फाइजर कम्पनीले पाँच वर्षभन्दा मुनिका बालबालिकाको लागि दुई मात्रा दिने खोपको लागि आवेदन दिने तयारी गरेको हो।

कम्पनीले तीन मात्रा दिन सकिने खोपको बारेमा पनि अध्ययन गरिरहेको छ। तर, यसको लागि भने मार्च महिनासम्म कुर्नुपर्ने खबरमा उल्लेख छ।

कोरोनाको ओमिक्रोन भेरियन्ट आएपछि बालबालिकामा सङ्क्रमण दर बढेपछि उनीहरुलाई पनि खोप दिनुपर्ने माग उठिरहेको छ।

अमेरिकन एकेडेमी अफ पीडियाट्रीक्सका अनुसार गत महिना अमेरिकामा २५ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ। यसमध्ये केही बालबालिका अस्पताल भर्ना भएका थिए। कोरोनाले केहीको मृत्युसमेत भएको पाइएको छ।

गत डिसेम्बरमा फाइजलले बालबालिकाको लागि कम मात्राको खोप परीक्षण गरेको र त्यसको मिश्रित नतिजा आएको थियो।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ५ : ५८ बजे

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार