पाँच वर्ष मुनिका बालबालिकाको खोपलाई मान्यता दिँदै अमेरिका « Khabarhub

पाँच वर्ष मुनिका बालबालिकाको खोपलाई मान्यता दिँदै अमेरिका


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकामा ५ वर्ष मुनिका बालबालिकाको लागि कोरोनाविरुद्धको खोपलाई मान्यता दिने अन्तिम तयारी भएको छ।

अमेरिकामा ५ वर्ष मुनिका बालबालिकाको लागि कोरोनाविरुद्धको खोपलाई मान्यता दिने अन्तिम तयारी भइरहेको छ। यही महिनाको अन्तिमसम्ममा ५ वर्ष मुनिका बालबालिकालाई दिइने भएको छ।

खोपलाई मान्यता दिने तायारी अन्तिम चरणमा पुगेको अमेरिकी औषधि नियामक एफडीएलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
एफडीएका अनुसार फाइजर कम्पनीले पाँच वर्षभन्दा मुनिका बालबालिकाको लागि दुई मात्रा दिने खोपको लागि आवेदन दिने तयारी गरेको हो।

कम्पनीले तीन मात्रा दिन सकिने खोपको बारेमा पनि अध्ययन गरिरहेको छ। तर, यसको लागि भने मार्च महिनासम्म कुर्नुपर्ने खबरमा उल्लेख छ।

कोरोनाको ओमिक्रोन भेरियन्ट आएपछि बालबालिकामा सङ्क्रमण दर बढेपछि उनीहरुलाई पनि खोप दिनुपर्ने माग उठिरहेको छ।

अमेरिकन एकेडेमी अफ पीडियाट्रीक्सका अनुसार गत महिना अमेरिकामा २५ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ। यसमध्ये केही बालबालिका अस्पताल भर्ना भएका थिए। कोरोनाले केहीको मृत्युसमेत भएको पाइएको छ।

गत डिसेम्बरमा फाइजलले बालबालिकाको लागि कम मात्राको खोप परीक्षण गरेको र त्यसको मिश्रित नतिजा आएको थियो।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ५ : ५८ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले