जाडो भगाउन टोमेटो हट नूडल सूप, बनाउने कसरी ? « Khabarhub

 जाडो भगाउन टोमेटो हट नूडल सूप, बनाउने कसरी ?


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यतिबेला जाडो मौसम जारी छ । चिसोमा तातो सुप खानुको मज्जै बेग्लै हुन्छ । यस्तोमा टोमेटो नूडल सूप खाए यो मिठो हुनुका साथै जाडो भगाउन पनि काइदाको हुन्छ ।

कसरी बनाउने टमाटर र नूडलको हट सूप ?

आवश्यक सामग्री :
तेल – दुई ठूलो चम्चा
प्याज – ३ वटा (ठिक्क आकारको)
गोलभेंडा – आधा केजी
नून – स्वाद अनुसार
मरिच – एक सानो चम्चा
उमालेको नूडल – २ प्याकेट

तयार पार्ने विधि :

सुरुमा प्यानमा तेल तताएर प्याजलाई सुनौलो रंग नआउन्जेल भुट्नुहोस् । त्यसपछि स–साना टुक्रामा काटेको गोलभेंडा र पानी राखेर नरम हुन्जेल सानो आँचमा पकाउनुस् । अब यसमा नुन हालेर यसलाई पातलो झोल बनाउनुहोस् । अब आगोबाट निकालेर सेलाउन छाड्नुस् ।

त्यसपछि ब्लेन्डरमा गोलभेंडा राखेर फिट्नुस् । फिटेको मिश्रणलाई सानो आगोमा फेरी पकाउनुस् । पकाउने क्रममा मरिच र उमालेको नूडल राखेर चार-पाँच मिनेट चलाउदै पकाउनुहोस् । अब तपाईको टोमेटो हट लूडल सूप तयार भयो । यसलाई तात्तातै खानुहोस् । यो स्वादिलो हुनुका साथै चिसो भगाउन पनि काइदाको हुन्छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ६ : १५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको