जाडो भगाउन टोमेटो हट नूडल सूप, बनाउने कसरी ? « Khabarhub

 जाडो भगाउन टोमेटो हट नूडल सूप, बनाउने कसरी ?


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यतिबेला जाडो मौसम जारी छ । चिसोमा तातो सुप खानुको मज्जै बेग्लै हुन्छ । यस्तोमा टोमेटो नूडल सूप खाए यो मिठो हुनुका साथै जाडो भगाउन पनि काइदाको हुन्छ ।

कसरी बनाउने टमाटर र नूडलको हट सूप ?

आवश्यक सामग्री :
तेल – दुई ठूलो चम्चा
प्याज – ३ वटा (ठिक्क आकारको)
गोलभेंडा – आधा केजी
नून – स्वाद अनुसार
मरिच – एक सानो चम्चा
उमालेको नूडल – २ प्याकेट

तयार पार्ने विधि :

सुरुमा प्यानमा तेल तताएर प्याजलाई सुनौलो रंग नआउन्जेल भुट्नुहोस् । त्यसपछि स–साना टुक्रामा काटेको गोलभेंडा र पानी राखेर नरम हुन्जेल सानो आँचमा पकाउनुस् । अब यसमा नुन हालेर यसलाई पातलो झोल बनाउनुहोस् । अब आगोबाट निकालेर सेलाउन छाड्नुस् ।

त्यसपछि ब्लेन्डरमा गोलभेंडा राखेर फिट्नुस् । फिटेको मिश्रणलाई सानो आगोमा फेरी पकाउनुस् । पकाउने क्रममा मरिच र उमालेको नूडल राखेर चार-पाँच मिनेट चलाउदै पकाउनुहोस् । अब तपाईको टोमेटो हट लूडल सूप तयार भयो । यसलाई तात्तातै खानुहोस् । यो स्वादिलो हुनुका साथै चिसो भगाउन पनि काइदाको हुन्छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ६ : १५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्