जलवायु परिवर्तन र उत्थानशीलताका लागि सहकार्य | Khabarhub Khabarhub

जलवायु परिवर्तन र उत्थानशीलताका लागि सहकार्य



गत अक्टोबर/ नोभेम्वर २०२१ मा भएको जलवायु परिवर्तन सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा नेपालले पनि भाग लियो । प्रधानमन्त्री शेर बहादुर देउवा आफै पनि जानुभयो यस सम्मेलनमा भाग लिन । सुन्नमा आयो ठूलाठूला कुरा भए रे । कसैले उपलब्धि देखे कसैले देखेनन् । आफ्आफ्नो विचार ।

सन १९९४मा युएनएफसिसिको गठन भएपछि गति लिएको जलवायु परिवर्तन सम्बन्धि छलफल केही वर्षमै नेपालमा पनि सुरु हुन थाल्यो । तर यहाँ जलवायु परिवर्तनका मुद्दाहरु केवल वैज्ञानिक लेख र छलफलमा मात्रै सीमित रहयो । आन्तरिक कलह र द्वन्द्वमाफसेको नेपालको राजनीतिको एजेण्डामा जलवायु परिवर्तन नागरिकको एजेण्डा भने बनेन ।

अहिले सन् २०२२ पुग्दा पनि बन्न सकेको छैन । कोप २६ मा भएका छलफलका विषय जलवायु परिवर्तनसँग सरोकार राख्ने सरकारी सम्यन्त्र, विकासमा लागेका केही संघ संस्था, गैर सरकारी संस्था र निजी क्षेत्रमा मात्र सीमित रहयो । आज पनि धेरैले यो सम्मेलनका बारेमा सुनेका पनि छैनन् र त्यहा के भयो भनेर थाहा पाएका पनि छैनन् । समाचार र मिडियामा आएको भएता पनि सबै नागरिकमा जलवायु परिवर्तन र यसको असरका बारेमा सचेत गराउँन नसक्नु हाम्रो कमजोरी नै हो ।

नेपालमा जलवायु परिवर्तन वैज्ञानिकको मात्र विषय होइन, यो सबैको विषय हो। किनकी नेपाल भौगोलिक हिसाबले ज्यादै नै जोखिममा रहेको देश हो।

नेपालमा जलवायु परिवर्तन वैज्ञानिकका मात्र विषय होइन, यो सबैको विषय हो । किनकी नेपाल भौगोलिक हिसाबले ज्यादै नै जोखिमा रहेको देश हो । भिरालो जमिन, बलौटे पहाड, र भूकम्पि फल्ट रेखामा रहेकोले जोखिममा छ यो देश, यहाँ भित्रका अनियमितता, र भ्रष्टाचारले गर्दा झन जोखिमा छ । जलवायु परिवर्तनका असर अर्को ठूलो रुपमा प्रस्तुत हुँदैछ ।

यसका कारणले प्राकृतिक विपदका घटनाहरुमा बृद्धि हुने कुरा वैज्ञानिक अध्ययनहरुले पुष्टि गरी सकेका छन् । जलवायु परिवर्तनका असरले धनी, गरीब, हिमाल, पहाड, तराई नभन्ने रहेछ, सबैलाई असर गर्छ । यसै कारणले पनि यो सबैको विषय हो । सबैले यसलाई बुझ्न जरुरी छ र आआफ्ना तबरबाट यसलाई न्यूनिकरण र अनुकुलित भएर बाँच्नु पर्ने हुन्छ ।

तराईको बाढी

गत अक्टुवरमा आएको तराईको बाढी लाई एकपटक नियार्लौ । यो बाढी बाढी  नेपालबाट मनसुन बाहिरिसकेपछि आएको थियो । चाडपर्व मनाउँन ब्यस्त किसानहरुलाई यति ठूलो पानी परेर नेक्सान गर्ला भन्ने हेक्का थिएन । जल तथा मौसम विभागले पानी पर्ने सङ्केत दिएता पनि त्यो किसानसम्म पुग्न सकेन र किसानले धेरै नोक्सान ब्यहोर्नु पर्यो । किसान मात्रै हैन जलवायु परिवर्तनको मारमा परेका धेरै छन् । हरेक बर्ष नेपालको पाहडी भेगमा आउने पहिरोले धेरै परिवारको ज्यान लिने गरेको छ र लाखौं रूपैयाँको नोक्सान गर्ने गरेको छ ।

सिन्धुपाल्चोकको जुरे पहिरो । फाइल तस्बिर

पहिरो वा खाने पानीको अभावमा वर्षेनी सर्यौ घरपरिवार विस्थापित हुने गर्छन् । जलवायु परिवर्तनको कारणले हिमालमा धेरै समयसम्म रहने हिउँको मात्रामा कमी आइसकेको छ । जाङ्वो शेर्पाका अनुसार, हिउँको परिमाणमा मात्र हैन, हिउँको गुणस्तरमा पनि कमी आएको छ । पहिला कपास जस्तै हुने सेतो हिउँ अहिले कालो देखिन्छ प्रदूषणको कारणले । सेतो हिउँले सुर्यको तापलाई प्रतिबिम्बित गर्दथ्यो भने यस्तो कालो हिउँले ताप सोस्ने गर्छ जसले गर्दा हिउँ पग्लने क्रम बढ्न थालेको छ । हिम सृखला घटेमा समस्त पारिस्थितिक प्रणालीमा असर गर्ने निस्चित नै छ, साथै हजारै, लाखौ मानिसलाई दैनिक रुपमा चाहिने पानीको मात्रामा फेरबदल आउँने छ ।

अर्को उदाहरणको रुपमा यस वर्ष मनाङ्मुस्ताङमा आएको बाढीलाई लिउँ । बिगतमा हिउँ मात्र पर्ने यस्ता ठाउँमा मानिसहरु माटोको घरमा बस्थे र छाना काठ र माटाले छाएको हुन्थ्यो । अहिले बर्षाको चरित्रमा आएको फेरबदलले हिउँको सट्टा पानी पर्न थालेको कारण उनीहरूले जस्ताको छाना छाउँन थालेका छन् । यसपाली पानी मात्र परेन बाढी पनि आयो । जलवायु परिवर्तनको यस्ता प्रत्यक्ष असर देखिन थालेको छ ।

जलवायु परिवर्तनले जलविद्युतमा लागानी गरेका हरेकको लगानी डुब्ने जोखिम छ । किनकी यसले हिमाल, पहाड, तराई हेर्दैन । जहाँ भए पनि संरचना ध्वस्त पार्नसक्छ ।

यी माथिका कारणले जलवायु परिवर्तनलाई वैज्ञानिक माझ सीमित राख्न मिल्दैन । यसको असरले समाजका सबै वर्ग र जतिलाई समेटेको छ र बिनास गर्दै जाने छ । यस लेखमा मैले निजी क्षेत्रको कुरा गरेको छैन् ।जलवायु परिवर्तनले जलविद्युतमा लागानी गरेका हरेकको लगानी डुब्ने जोखिम छ । किनकी यसले हिमाल, पहाड, तराई हेर्दैन । जहाँ भए पनि संरचना ध्वस्त पार्नसक्छ । अघिल्लो वर्ष मात्रै केही  जलविद्युत  आयोजनामा असर गरेको थियो । आईपिसिसिले निकालेको छैठौं प्रतिवेदनले भन्छ अबका दिनमा जलवायु परिवर्तनले पानीको चक्र (जल चक्र) मा पनि फेरबदल ल्याउने छ । नभन्दै नेपालमा यस वर्ष औषत भन्दा बढी पानी परेको हामी सबैलाई थाह नै छ र यस्ता अनिमियतताले फाइदा भन्दा बेफाइदा पुर्याउने छ ।

जलवायु परिवर्तनले काला बन्दै गएका नेपालका हिमाल । फाइल तस्बिर

कोप २६ मा नेपालले भाग लिनु र केही लागानी ल्याउन सानो उपलब्धि भए पनि जलवायु परिवर्तनको असरसँग लड्न हरेक गाउँ र सहर उत्थानशील हुन जरुरी छ। किनकी जलवायु परिवर्तनका असर हामी प्रत्यक्ष देखिराखेका छौँ। हरेक जलवायु परिवर्तनका सम्मेलन, छलफल र सेमीनारमा विभिन्न क्षेत्रका बासिन्दालाई सहभागी गराउँ, उहाँहरुको कुरा सुनौँ  र उत्थानशीलताका लागि सहकार्य गरौं । ‘जलवायु परिवर्तन हामी सबैका मुद्दा हो र यसका लागी हातेमालो गरौँ’ भन्ने नाराका साथ अगाडि बढौं।

 

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ८ : २७ बजे

भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन : विदेशमन्त्री जयशंकर

नयाँदिल्ली– भारतका विदेशमन्त्री एस. जयशंरले भारत विदेशीलाई घृणा गर्ने मुलुक

महानगरको सिप मेला-१९ गतेसम्म फाराम भर्नेहरुको तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने

काठमाडौं–  ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२