अशिमको शव नेपाल ल्याउने तयारी « Khabarhub

अशिमको शव नेपाल ल्याउने तयारी


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– सिड्नीको लेपिङ्गटनमा मोटरसाइकल दुर्घटनामा परी २४ वर्षे नेपाली युवक अशिम थपलियाको निधन भएको छ । उनी बस्दै आएको घरबाट डेढ सय मिटर पर सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अष्ट्रेलिया डेको दिन जनवरी २६ को राति दुर्घटना भएको छ ।

काठमाडौं चाबहिल घर भएका अशिम सन् २०१६ मा आइटी पढ्न अष्ट्रेलिया आएका थिए । उनी टीआर भिषामा यहाँ आएका हुन् । नेपालमा रहेका बाबुआमाले अशिमको अन्तिम संस्कार गर्ने इच्छा देखाएपछि उनको शवलाई नेपाल पठाउने तयारी भइरहेको छ ।

अशिमका नातेदार उमेश मानन्धरका अनुसार शव पठाउनका लागि अशिमका छिमेकी राजेश तिमिल्सिनाले गो फण्ड मिमार्फत सहयोग संकलन गरिरहेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  २ : ०० बजे

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार