सदस्यसचिवको विषयमा तीन संघले शान्तिपूर्ण आन्दोलन गर्ने | Khabarhub Khabarhub

सदस्यसचिवको विषयमा तीन संघले शान्तिपूर्ण आन्दोलन गर्ने


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइइपीए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले सदस्यसचिवको विषयमा सर्वोच्च अदालतको ध्यानाकर्षण गराउन शान्तिपूर्ण आन्दोलन गर्ने भएका छन् ।

सदस्यसचिवको विचाराधिन मुद्दामा छिटो भन्दा छिटो सुनुवाइ गर्न दबाब बढाउन भन्दै बिहीबार संयुक्तरूपमा शान्तिपूर्ण आन्दोलन गर्ने विज्ञप्तीमार्फत जनाएका छन् ।

विज्ञप्तिमा एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यष दिपक विष्ट र राखेप कर्मचारी संघबाट रंजन थापाले हस्ताक्षर गरेका छन् ।

सरकारले तत्कालिन सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्दै टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । सिलवालले आफ्नो बर्खास्ती रोक्न र घिसिङको नियुक्ती खारेजीको माग गर्दै दायर गरेको मुद्दामा सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

२८ माघमा सर्वोच्चले यस विषयमा सुनुवाइको पेशी तोकेको छ । राखेपमा सदस्यसचिव नहुँदा यसै वर्ष चीनमा हुने एसियन खेलकुद, नवौं राष्ट्रिय खेलकुद, १४औं दक्षिण एसियाली खेलकुद (साग) का साथै अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी प्रभावित भएको विज्ञप्तिमा बताइएको छ ।

यस विषयमा छिटो निकास निस्किएमा खेलकुद गतिविधि पुनः चलायमान बनाउन सकिने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको एनएनआइपीए, नेपाल ओलम्पियन संघ र राखेप कर्मचारी संघले संयुक्तरूपमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ९ : ५० बजे

३ महिनामा ५ अर्ब १५ करोड बराबरको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं–चालु आर्थिक वर्षको ३ महिनामा ५ अर्ब १५ करोड रुपैयाँ

विदेशी मुद्राको सञ्चिति २२ खर्ब नाघ्यो, ४ खर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति सवा २२ अर्ब रुपैयाँ नाघेको

सप्तरीबाट करिब १७ सय १७ किलो गाँजासहित एक जना पक्राउ

सप्तरी- सप्तरीको राजगढ गाउँपालिका-४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब

उपनिर्वाचन : ९ संस्थालाई पर्यवेक्षण गर्न अनुमति

काठमाडौँ –  निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह

युक्रेनमा फेरि रूसी हमला, सात जनाको मृत्यु 

एजेन्सी– सुमीको पूर्वी युक्रेनी क्षेत्रमा भएको रुसी हमलामा एक जना