एनसेलले ल्यायो आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना « Khabarhub

एनसेलले ल्यायो आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुसँगको सहकार्यमा यो आकर्षक योजना ल्याएको हो ।

यो योजना मंगलबार (माघ १८) बाट संचालनमा आउँदै छ र १० दिनसम्म संचालनमा रहनेछ । यो योजना अवधिमा मलेसियाबाट आउने आगमनकलमा सबैभन्दा धेरै कुरा गर्नुहुने तीन जनाग्राहकले १/१ वटा फिल्पकेस र टी–पेन सहितको टीसीएल ट्याव टेनएस पाउँने छन् ।

ग्राहकले उठाएको आगमनकलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा तीन जना विजयी ग्राहकको नाम छानिने छ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस मोबाइल सेवाप्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै ट्याव जित्ने मौका पाउने छन् ।

मलेसियाबाट आउने आगमन कलमा कम्तिमा दुई मिनेट कुरा गर्ने ग्राहक यो योजनामा सहभागी हुन योग्य हुनेछन् । मलेसियाबाट आउने कलमा कुरा गर्ने ग्राहकलगायत अन्य देशहरुबाट आएको कलमा कुरा गर्ने एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा रु २० सम्म बोनस पनि प्राप्त गर्नेछन् ।

ग्राहकहरुले १७१२६ डायल गरि सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् । यसरी प्राप्त बोनस तीन दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्तबोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् ।

यस ट्याबलेट योजनाका विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार ट्याबलेट हस्तान्तरण गरिनेछ ।

त्यसैबीच विश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्न माघ २९ गते शनिबार साँझ ६ः४५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना हुँदैछ । यस कार्यक्रममा गायक कालिप्रसाद बास्तोलाले आफ्ना प्रस्तुतीमार्फत गीत संगीतको आनन्द दिनेछन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ५ : २० बजे

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा