कैलालीको धनगढीमा युवा–विद्यार्थीसँग प्रहरीको झडप « Khabarhub

कैलालीको धनगढीमा युवा–विद्यार्थीसँग प्रहरीको झडप


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको धनगढीमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत युवा–विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

राष्ट्रिय युवा संघ र अनेरास्ववियुले बुधबार संयुक्त रूपमा विरोध ¥याली निकालेका हुन् । सुदूरपश्चिमकोे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि युवा तथा विद्यार्थीले राँके जुलुस निकाल्न खोजेपछि प्रहरीले लाठी चार्ज गर्न खोज्दा झडप भएको हो ।

त्यसक्रममा ढुंगा लागेर वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक गौरी जैसी र एक प्रहरी जवान सामान्य घाइते भएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताए ।

प्रदर्शनकारीले प्रधानमन्त्री, मुख्यमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका थिए । मूल्यवृद्धि तत्काल फिर्ता नलिइए थप सशक्त आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ५ : २९ बजे

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको