सात लाख माथिको कारोबार गर्नेको विवरण उपलब्ध गराउन राष्ट्र बैंकको परिपत्र « Khabarhub

सात लाख माथिको कारोबार गर्नेको विवरण उपलब्ध गराउन राष्ट्र बैंकको परिपत्र


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले २०७८ साउन १ गतेदेखि पुष ३० गतेसम्म ७ लाखभन्दा बढी नगदमा भएका कारोबारको विवरण ६ दिनभित्र उपलब्ध गराउन वाणिज्य बैंकहरुलाई पत्राचार गरेको छ।

खबरहबलाई प्राप्त ‘क’ वर्गका बैंकका कार्यकारी अधिकृतहरुलाई सम्बोधन गरी माघ १८ गते प्रेसित नेपाल राष्ट्र बैंकका सुपरीवेक्षण विभागका निर्देशक रोशन कुमार सिग्देलबाट प्रेसित पत्रमा सम्पत्ति शुद्धिकरण तथा आतंकबादी क्रियाकलापमा वित्तिय लगानीको निवारणको विषयमा अनुसन्धानका लागि यही माघ २४ गतेभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरिएको छ।

नेपाल राष्ट्र बैंकले सबै ‘क’ वर्गका बैंकहरुसंग मागेको विवरणअनुसार अब ती बैंकहरुले क्रम संख्या, खाता बाहकको नाम, खाता नम्बर, कारोबार रकम, डेभिड क्रेडीटको अबस्था, कारोबार गरेको मितिहरु, सीबीएस जानकारी, कन्डक्टर डिटेल, टिप्पणीसहित फरम्याटमा कारोबारको विवरणहरु उपलब्ध गराउनुपर्नेछ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ९ : २१ बजे

किराती–साम्पाङ भेटवार्ता सकारात्मक, दुवै सुनसरी–१ बाट उठ्ने तयारीमा

धरान– पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

चौतारा– यहाँको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला

इरानमा सरकार विरोधी आन्दोलन तीव्र

दुबई– इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन

पृथ्वीनारायण शाहको राष्ट्रप्रेम र एकताको भावना हाम्रा लागि प्रेरणाको स्रोत : सभामुख घिमिरे

काठमाडौं– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय एकता, आपसी सद्भाव

मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग

काठमाडौं- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लाग खटिएका मुख्य