३२२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

३२२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२२ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २७० कोरोना संक्रमितको आईसीयूमा र ५२ को भेन्टिलेटरमा गरी कुल ३२२ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २२ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी मधेश प्रदेशमा ६ जना आईसियूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् भने बागमती प्रदेशमा १८१ जना आईसीयूमा र ३७ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा १७ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा २८ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा ५ जना आईसीयूमा र सुदुरपश्चिममा ११ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १० : ४० बजे

सभामुखले भने : समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ

सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशनअगावै महत्वपूर्ण विधेयकहरूमाथि छलफल गरि

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट 

काठमाडौं – अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका दक्षिण एसिया

वैदेशिक रोजगारीका नाममा ठगी अभियोगमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु

संसदीय राजनीतिमै फर्किए विप्लव, ०८४ को चुनाव लड्ने निर्णय

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले

काठमाडौँमा बढ्दो वायु प्रदूषण

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क