आज २०७८ साल फागुन १८ गते बुधबारको राशिफल « Khabarhub

आज २०७८ साल फागुन १८ गते बुधबारको राशिफल


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल फागुन १८ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

फागुन १८ गते बुधबार
मेष : आजको दिन राम्रो छ। एकादश स्थानमा मित्रका साथमा चन्द्रमाले भ्रमण गर्दै गर्दा धेरै राम्रो हुन्छ। ठूलो योजना छनोट गर्दा सफलता हात लाग्नेछ। राजनीति, सामाजिक, आर्थिक र व्यवसायिक क्षेत्रमा यथावत रहेपनि दाम्पत्य जीवन सुखमय रहने छ।

वृष :दिन सामान्य राम्रो छ। आज बोलीमा दोष रहेको छ। हतारमा निर्णय नगर्नुहोला। प्रतिस्पर्धी सक्रिय छन्। पूजाआजाबाट फाइदा मिल्नेछ। व्यापार व्यवसायमा प्रभाव बढ्नेछ। आज दक्षिणतिरको यात्रा सकभर नगर्नुहोला।

मिथुन : दिन सामान्य राम्रो छ। विद्याको स्थानमा त्रिकोणमा चन्द्रमा र वृहस्पतिभित्र ग्रह लिएर बसेका हुनाले निकै राम्रो छ। पठनपाठनमा जोश बढ्नेछ। सभा समारोहमा मानसम्मान बढ्नेछ। अरु क्षेत्र सामान्य छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्नेछ।

कर्कट :दिन सामान्य राम्रो छ। शुभ ग्रहहरुबाट पाउनुपर्ने फल नपाएको अवस्था छ। आफूले गर्दै आएका दैनिक कार्यलाई मात्र निरन्तरता दिनुहोला। आजको दिन नयाँ कार्यको थालनी नगर्नुहोला। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट भने राम्रो नतिजा पाउने योग रहेको छ।

सिंह : दिन राम्रो छ। बोलीको प्रभावले प्रशंसा गर्नेहरु बढ्नेछन्। राम्रा योजना बनाएर कार्यतालिका अनुसार अघि बढे फाइदा हुनेछ। जीवनसाथी छान्ने दिनका लागि उपयुक्त रहेको छ।

कन्या : दिन सामान्य राम्रो छ। दैनिक कार्यहरु यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा उदय रहेको छ। पठनपाठनमा रुची बढ्नेछ। स्वास्थ्यमा भने समस्या हुने भएकाले आफ्नो ख्याल गर्नुहोला।

तुला : दिन सामान्य राम्रो छ। अचानक खर्च बढ्नेछ। आफ्नो परिवारमार्फत खर्च गर्नुहोला। राजनीतिमा संगठन बलियो हुनेछ। शिक्षाको क्षेत्र फराकिलो छ। अध्ययन अध्यापनमा सन्तोषजनक छ। स्वास्थ्यमा भने सुधार आउनेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। साथीभाइसँग वादविवाद हुनेछ। सन्चित सम्पत्तिबाट गरेको काममा सफलता मिल्नेछ। दाजुभाइको भर पर्दा कामहरु अधुरा रहनेछन्, आफै अगाडि बढ्नुहोला। पारिवारिक क्षेत्रलाई सामान्य तरिकाले चलाउनु ग्रहहरुले राम्रो साथ दिँदैनन्।

धनु : दिन सामान्य राम्रो छ। बोलीमा ख्याल नगर्दा साथीभाइसँगको सम्बन्ध बिग्रनेछ। नयाँ योजना बनाउन सक्नुहुनेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्रहरु यथावत रहेपनि वैदेशिक क्षेत्रमा गरेको लगानीबाट गुणात्मक लाभ मिल्नेछ।

मकर :दिन सामान्य छ। अधुरा काम बन्नेछन्। शिक्षाको क्षेत्रमा रोकिएका काम अगाडि बढाउनुहोला। नयाँ सम्बन्धको सुरुवात हुनेछ। यो सम्बन्धले लाभ मिल्नेछ।

कुम्भ : दिन राम्रो छ। व्यापार व्यवसायको क्षेत्रमा फाइदा हुनेछ। लगानी गर्नुहोला। धार्मिक क्षेत्रमा भ्रमण गर्ने योग रहेको छ। आज गरेको दानले ठूलो फाइदा मिल्नेछ।

मिन : दिन सामान्य राम्रो छ। काम सफल गर्नुपर्ने भए आफन्तको साथ लिनुहोला। मित्रहरुको सहयोगले फाइदा मिल्नेछ। आफ्नो योजना अरुलाई नसुनाइ अगाडि बढ्नुहोला। यसले ठूलो उपलब्धि मिल्नेछ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : ११ बजे

कीर्तिपुरको चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना

काठमाडौं- कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको

मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

तेहरान- इरानी सेनाको वायु सेनाको हेलिकप्टर मङ्गलबार मध्य प्रान्त इस्फहानको

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम

मकवानपुर– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका

मतदाता फकाउन प्रकाशशरणले ल्याए सुरुङ मार्गदेखि केबलकार निर्माणसम्मको योजना

नुवाकोट- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. प्रकाश शरण महतले

प्रकाशशरण महतको चुनावी प्रतिज्ञापत्र सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले