युद्ध सुरु भएपछि ६ लाख ६० हजारले छोडे युक्रेन « Khabarhub

युद्ध सुरु भएपछि ६ लाख ६० हजारले छोडे युक्रेन


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसले आक्रमण सुरु गरेपछि अहिलेसम्म ६ लाख ६० हजारभन्दा धेरैले युक्रेन छाडेका छन्। आक्रमण सुरु भएको एक सातामा ६ लाख बढी मानिसले युक्रेन छोडेका हुन्।

संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले अहिलेसम्म युक्रेन छाड्नेमा अधिकांश महिला र बालबालिका रहेका जनाएको छ।

यसैबीच रुसले युक्रेनको राजधानी किभमा रहेको एउटा टिभी टावरमा आक्रमण गरेको छ। रुसको ७५ प्रतिशत सेना युक्रेन पुगिसकेका एक जानकारलाई उदृत गर्दै बीबीसीले लेखेको छ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले, युक्रेनी बालबालिकालाई निशाना बनाएको बताएका छन्।

मंगलबार युरोपेली संसदको विशेष सत्रमा सम्बोधन गर्दै जेलेन्स्कीले रुसले, युक्रेनी बालबालिकालाई निशाना बनाएको भन्दै आफ्नो भूमि र स्वतन्त्रताका लागि लडिरहने बताएका हुन्।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनमा वित्तीय सहायता दिने तयारी गरिरहेको छ। विश्व बैंकले तीन अर्ब डलर सहयोग गर्ने र त्यसमा ३५ करोड डलर आउँदो हप्ता नै पठाउने जनाएको छ।

रुसले युक्रेनको राजधानी केन्द्रित आक्रमण गर्ने चेतावनी मंगलबार मात्र दिएको छ। जसका लागि उसले हजारौँ बख्तरबन्द पठाइसकेको समाचारमा जनाइएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ६ : ०० बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट