युद्ध सुरु भएपछि ६ लाख ६० हजारले छोडे युक्रेन « Khabarhub

युद्ध सुरु भएपछि ६ लाख ६० हजारले छोडे युक्रेन


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसले आक्रमण सुरु गरेपछि अहिलेसम्म ६ लाख ६० हजारभन्दा धेरैले युक्रेन छाडेका छन्। आक्रमण सुरु भएको एक सातामा ६ लाख बढी मानिसले युक्रेन छोडेका हुन्।

संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले अहिलेसम्म युक्रेन छाड्नेमा अधिकांश महिला र बालबालिका रहेका जनाएको छ।

यसैबीच रुसले युक्रेनको राजधानी किभमा रहेको एउटा टिभी टावरमा आक्रमण गरेको छ। रुसको ७५ प्रतिशत सेना युक्रेन पुगिसकेका एक जानकारलाई उदृत गर्दै बीबीसीले लेखेको छ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले, युक्रेनी बालबालिकालाई निशाना बनाएको बताएका छन्।

मंगलबार युरोपेली संसदको विशेष सत्रमा सम्बोधन गर्दै जेलेन्स्कीले रुसले, युक्रेनी बालबालिकालाई निशाना बनाएको भन्दै आफ्नो भूमि र स्वतन्त्रताका लागि लडिरहने बताएका हुन्।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनमा वित्तीय सहायता दिने तयारी गरिरहेको छ। विश्व बैंकले तीन अर्ब डलर सहयोग गर्ने र त्यसमा ३५ करोड डलर आउँदो हप्ता नै पठाउने जनाएको छ।

रुसले युक्रेनको राजधानी केन्द्रित आक्रमण गर्ने चेतावनी मंगलबार मात्र दिएको छ। जसका लागि उसले हजारौँ बख्तरबन्द पठाइसकेको समाचारमा जनाइएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ६ : ०० बजे

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये