रुस-युक्रेन युद्धका पीडादायी दृश्य | Khabarhub Khabarhub

रुस-युक्रेन युद्धका पीडादायी दृश्य


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २०१९ को अन्त्यमा सुरु भएको कोभिड-१९ महामारीबाट संसार मुक्त नहुँदै अर्को युद्धको सिकार भइरहेको छ। युक्रेन र रुसबीच जारी युद्धले मानवीय संवेदना भएका संसारका जो कोहीलाई प्रताडित तुल्याएको छ। मन झस्काएको छ र यसले एक किसिमको यातना दिएको छ।

युद्धमा होमिएका सेना र उनीहरूको परिवारको पीडा त हामी सबैले महसुस गर्नसक्छौ। अहिले सर्वसाधारणको ज्यान जाने क्रम पनि बढ्दो छ। मङ्गलवार सम्ममा ३ सय ५२ सर्व साधारणको ज्यान गएको युक्रेनको आन्तरिक मामला विभागले जनाएको छ।

यसमा १४ जना त बच्चा मात्रै छन्। १ हजार ६ सय ८४ जना घाइते छन्। घाइतेको सूचीमा १ सय १६ जना बच्चा छन्। योक्रम बुधवार बिहानसम्ममा अझै धेरै बढिसकेको हुनेछ।

एक किन्डर गार्डेनमा भएको आक्रमणमा सात वर्षीय बालिकाको ज्यान गएको छ। किभमा पनि मर्नेको सङ्ख्या बढ्दो छ। एक आदिवासी युक्रेनी समुदायमाथि भएको आक्रमणमा १० जना मारिएका छन्। युक्रेनको दक्षिणी भागमा भएको रहेको उनीहरूको घरमा आगो लगाइएको थियो।

एक किन्डर गार्डेनमा भएको आक्रमणमा सात वर्षीय बालिकाको ज्यान गएको छ। किभमा पनि मर्नेको सङ्ख्या बढ्दो छ। एक आदिवासी युक्रेनी समुदायमाथि भएको आक्रमणमा १० जना मारिएका छन्।

आख्तयारको एउटा सानो सहरमा रहेको किन्डर गार्डेनमा आक्रमण भएपछि एलीसा हान्ससहित ६ जनाको ज्यान गएको हो। यो घटना युक्रेनको उत्तर पूर्वी सिमानाबाट एक घण्टा परको समय हो। हान्सकोे आठौँ जन्म दिन आउन तीन महिना बाँकी थियो।

त्यसैगरी किन्डर गार्डेनमा बच्चाको हेरविचार गरेर बसेकी एरिना भेनेडिकटोभाका अनुसार घाइते भएपछि अस्पताल लगिएकी उनको अस्पतालमै निधन भएको हो।

रुसले गरेको सैन्य हमलापछि क्षतिग्रस्त बनेको युक्रेनको राजधानी कीभको एक आवासीय भवन। तस्वीर रोयर्टस

उनको ज्यान गएपछि भेनेडिकटोभाले चिकित्सक अर्को घाइते बच्चाको ज्यान जोगाउन प्रयास गरिरहेको दृश्य सामाजिक सञ्जालमा राख्दै आफूहरूलाई शान्ति चाहिएको बताउँछिन्। रुसले गरेको सैन्य हमलापछि क्षतिग्रस्त बनेको युक्रेनको राजधानी कीभको एक आवासीय भवन। तस्वीर स्रोतः रोयर्टसरुसको उपस्थितिसँगै अन्य सात बच्चाको एकै पटक ज्यान गएको छ। यी सात जना मध्यकै किभको प्राथमिक विद्यालयमा अन्तिम वर्षको अध्ययन गरिरहेकी पोलीना पनि एक हुन्।

त्यहाँ तोडफोड गरिरहेको रसी समूहले गोली प्रहार गर्दै पोलीना र उनका अभिभावकको ज्यान लिएको किभस्थित अधिकारीले जानकारी दिएका छन्। त्यसपछि पोलिनाको भाइ र दिदीलाई अस्पताल लगिएको थियो। दिदीको आइसीयूमा उपचार भइरहेको छ। भाइलाई उपचारका लागि अर्को अस्पतालमा सारिएको छ।

रुसको उपस्थितिसँगै अन्य सात बच्चाको एकै पटक ज्यान गएको छ। यी सात जना मध्यकै किभको प्राथमिक विद्यालयमा अन्तिम वर्षको अध्ययन गरिरहेकी पोलीना पनि एक हुन्।

यसरी मारिने सर्वसाधारणको नाम उल्लेख गरिएका छैनन्। तर, यी सबै घटना उत्तिकै पीडादायी छन्। आक्रमणको दोस्रो दिन उत्तर पूर्व युक्रेनमै आवास बनाइएको स्थान भत्काइए पछि एक केटाको ज्यान गएको थियो। युक्रेनको दोस्रो ठूलो सहर खार्किभ भन्दा बाहिर रहेको चुहोइभमा विस्फोट गराइएपछि धेरै घरहरू भत्किएका थिए।

युद्धको पहिलो दिन युक्रेनको दक्षिण पूर्वी सहरमा एकै परिवारका पाँच जनाको ज्यान गएको थियो। आठ वर्ष अगाडि युक्रेनबाट लिएको खेर्सन र क्रेमियातर्फ रुसी सेना लम्की रहेको समयमा त्यो घटना भएको थियो। यस घटनाको पहिलो जानकारी त्यहाँ गस्ती गरी रहेका येहभन झुकोभले पाएका थिए। उनले थुप्रै प्रहरीका आफन्त पनि घाइते भएको जनाएका छन्। घटनाको पूर्ण जानकारी कसैलाई पनि छैन। तर, धेरैले बुझे अनुसार खेर्सन सहरको बाहिर भागमा रहेका खाखोभ्कामा दुई वटा कारमा रसियनले आक्रमण गर्दै विस्फोट गराएका थिए।

तस्बिर अलजजिरा

ओलेग फेड्कोले परिवारसहित त्यो स्थान छाड्ने निर्णय गरेका थिए। तर, बाबुले खार्सेनसम्म छाड्न भनेपछि दुई वटा कारमा परिवारलाई एक छिन त्यही राखेर बाबुलाई छाड्न गएका थिए।

गस्तीमा रहेका डेनिसले त्यहाँ महिला कराइ रहेको तथा बच्चा पनि कार भित्र रहेको थाहा पाएका थिए। दुई बच्चाका ५६ वर्षका हजुरबा र हजुर आमाको त्यही ज्यान गएको थियो। इरिना र थप दुई बच्चाको पनि त्यही ज्यान गएपछि घटना अझ दुखद देखिएको थियो। सोफिया ६ वर्षकी भइन् भने मृत्यु भएका अर्का बच्चा इभान पनि केही हप्ता मात्र जेठा थिए।

रुस र युक्रेनको सीमा क्षेत्रबाट ४ सय ५० किलोमिटर पर ग्रिक आदिवासी समुदायको दुई गाउँ छ। त्यस गाउँको अवस्था त अझ पीडादायक नै छ। यो स्थान युक्रेनको दक्षिण पूर्वी भागमा रहेको छ।

गस्तीमा रहेका डेनिसलेमहिलाको आवाज सुनेको र बच्चा पनि कार भित्र रहेको थाहा पाएका थिए। दुई बच्चाका ५६ वर्षीय हजुरबा र हजुरआमाको त्यही ज्यान गएको थियो। इरिना र थप दुई बच्चाको पनि त्यही मृत्यु भयो ।

परापूर्व कालदेखि ग्रिकहरु युक्रेनमा बसोबास गरी रहेका छन्। एथेन्सस्थित अधिकारीका अनुसार लगभग १ लाख ५० हजार आदिवासीको त्यो समूह छ। बन्दरगाहको सहर मोराइपोलमा ग्रिक मूलका १० जनाको ज्यान गएकोमा ग्रिसका प्रधानमन्त्री किरियाकोस मिट्सोटाक्सीसले रुसप्रति आक्रोश व्यक्त गरेका छन्।

मोरीपुलको बाहिरी भागमा रहेको सारटाना र त्यसको ६५ किलोमिटर पूर्वमा रहेको बुहास अहिले धेरै नै क्षतिग्रस्त भएको छ। यो घटना पछि ग्रीक प्रधानमन्त्रीले रुसी दूतावासको ध्यान आकृष्ट गराइसकेका छन्।

एथेन्समा रहेको रुसी दूतावासले यो घटना नियतवश नभएको दाबी गरेको छ। उनीहरूले आफूहरूले युक्रेनी सेना र भौतिक संरचनामाथि मात्र लक्षित आक्रमण गरेको बताएका छन्। आक्रमणको दोस्रो दिनसम्ममा नै युक्रेनमा ३३ जना बच्चा त गम्भीर घाइते भएको समाचार बाहिर आएको थियो।

अहिले त्यहाँ रहेका सर्वसाधारण यो अवस्थाको कहिल्यै कल्पना नै नगरेको बताउँछन्। एयुपोट भन्दा केही पर रहेका बुचाका ४७ वर्षीय सञ्चारकर्मी एभ्गेनीजा युरोपको मध्य भाग नै मिसाइल र बमवारीले क्षतविक्षत भएको दृश्य अस्वाभाविक लागे पनि आफूहरू लगातार आठ वर्षदेखि युद्धको चपेटामा परेर अभ्यस्त भइसकेको बताउँछन्।

रुसले युक्रेनी सेना र भौतिक संरचनामाथि मात्र लक्षित आक्रमण गरेको बताएको छ । आक्रमणको दोस्रो दिन नै युक्रेनमा ३३ जना बच्चा गम्भीर घाइते भएको समाचार सार्वजनिक भयो । आज सातौ दिनमा त्यो संख्या कति पुग्यो होला ?

यस लडाइँमा रुसले पनि आफूलाई क्षति भएको जनाएको छ। आइतबार नै रुसले आफ्ना केही सेना घाइते भएको तथा केही हराइरहेको जनाएको छ। रुसी रक्षामन्त्री मेजर जनरल आइगोर कोनासेन्कोभले रुसी सेनाले युक्रेनको भन्दा धेरै कम क्षति व्यहोरेको दाबी गर्दै विज्ञप्ति जारी गरेका छन्। आइतबार नै युक्रेनले ३ हजार ५ सय रुसी सेनालाई आफूहरूले मारेको दाबी गरेको थियो।

आर्थिक असर

यस लडाइँका कारण रुसले पनि मानवीय क्षति मात्र होइन आर्थिक क्षति पनि व्यहोर्ने निश्चित भएको छ। धेरै आर्थिक विश्लेषकले यस घटनाले रुस र युक्रेनलाई बढी असर गरेपछि संसारको अर्थतन्त्रलाई नै प्रतिकुल प्रभाव पार्ने जनाइएको छ।

सन् १९४५ यता युरोपको यो अवस्थालाई सबैभन्दा गम्भीरसमेत मानिएको छ। यसले ऊर्जा क्षेत्रमा धेरै असर गर्ने जनाइएको छ। पेट्रोलियम पदार्थको मूल्य एकाएक वृद्धि भएको छ। युरोपको ग्यास उद्योगमा त यसले नराम्रो प्रभाव पारेको छ। अहिले त्यहाँ ६२ प्रतिशतले मूल्य वृद्धि भएको छ।

रुस युक्रेन युद्धले मानवीय क्षति र पीडा मात्र भएको छैन । यसले ऊर्जा क्षेत्रमा धेरै असर गर्ने छ। पेट्रोलियम पदार्थको मूल्य एकाएक वृद्धि भएको छ। युरोपको ग्यास उद्योगमा नराम्रो प्रभाव पारेको छ। अहिले त्यहाँ ६२ प्रतिशतले मूल्य वृद्धि भएको छ।

युक्रेनले क्षति सही रहेको समयमा पश्चिमा देशले रुस माथिको प्रतिबन्धलाई कडा बनाउँदै छन्। यसले अन्य देशलाई पनि केही न केही क्षति त पक्कै हुनेछ। तर, सबैभन्दा बढी क्षति रुसलाई नै हुनेछ।

युक्रेन कोभिड-१९ का कारण धेरै प्रभावित देश हो। युक्रेनमा १ लाख ५ हजार भन्दा बढीको कोभिड-१९ कै कारण ज्यान गएको तथ्याङ्क छ। यसरी एउटा सङ्कट पार नहुँदै युद्धका कारण युक्रेनको जनजीवन पीडादायी बनेको छ। यसको चौतर्फी असर देखिएको छ। युद्धको नाममा बालबच्चा र सर्व साधारणको ज्यान जान थाले पछि युक्रेनको अवस्था पीडादायी बनेको छ। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ६ : ४८ बजे

आजका समाचार : गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्चको आदेशदेखि बजेटमा एमालेको असन्तुष्टिसम्म

ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाउने गृहमन्त्रीको निर्णय सर्वोच्चले रोक्यो ट्राफिक

सिक्किम आईपुग्यो मनसुन, यो वर्ष सरदरभन्दा बढी वर्षा हुने

काठमाडौं – यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ

एम्बाप्पे रियल म्याड्रिडमा आवद्ध हुने

काठमाडौं । फ्रेन्च फुटबलर किलीयन एम्बाप्पे अन्ततः रियल म्याड्रिड जाने

प्रसूति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले प्रसूति तथा स्त्री

लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष प्रहरी टोलीले प्रतिबन्धित