आजका समाचार : गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्चको आदेशदेखि बजेटमा एमालेको असन्तुष्टिसम्म | Khabarhub Khabarhub

आजका समाचार : गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्चको आदेशदेखि बजेटमा एमालेको असन्तुष्टिसम्म


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाउने गृहमन्त्रीको निर्णय सर्वोच्चले रोक्यो

ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाएर सडकमा खटाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णयलाई सर्वोच्च अदालतले रोकिदिएको छ।

सर्वोच्चले आइतबार अन्तरिम आदेश जारी गर्दै गृहमन्त्रीको उक्त निर्णय तत्काललाई कार्यान्वयन नगर्न भनेको हो ।

रविविरुद्धको मुद्दालाई अग्राधिकार, सर्वोच्चले कास्की प्रहरीमा दर्ता जाहेरी झिकायो

राष्ट्रियसभा बैठक : बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड

अर्थसंक्षेप : बजेटमा नुवाकोटको बाटोको पैसा काटिएको प्रकाशशरणको गुनासोदेखि एमालेको असन्तुष्टिसम्म

बजेटमा ओली सरकारको उपलब्धि आएन, अर्कोपल्ट ध्यान दिनुहोला : गोकुल बास्कोटा

सन्तुलित बजेट आएको सबैले टिप्पणी गरेका छन् : अर्थमन्त्री पुन

बजेटमा एमालेको असन्तुष्टि : जनयुद्धलाई सम्झिइयो तर, मदन र सुखानीका सहिदलाई सम्झिएन

सत्ताको मुख्य साझेदार नेकपा (एमाले)ले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा असन्तुष्टि जनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि उपाध्यक्ष विष्णु पौडेल लगायत थुप्रै नेता तथा सांसदहरूले सरकारले बजेट निर्माण प्रक्रियामा आवश्यक समन्वय र सल्लाह नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

शनिबार पार्टीको एमाले संसदीय बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले दलहरूसँग छलफल नगरी ल्याएको बजेट मन्त्रीको हो की मन्त्रीको पार्टीको जस्तो बढी देखिन गएको छ भनेर टिप्पणी गरेका थिए । त्यस्तै, आज प्रतिनिधिसभामा बजेटबारे आफ्नो धारणा राख्दै विष्णु पौडेल, गोकुल बास्कोटा लगायतका एमाले सांसदहरूले बजेट निर्माणमा सरकारले सत्तारुढ दलहरूसँग छलफल नगरेको भन्दै असन्तुष्टि जनाए ।

कांग्रेस सांसद्को प्रस्ताव – योजना आयोग नै खारेज !

मिडिया काउन्सिल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

गगनले संसदीय समितिलाई भने : सहकारी ठगीमा गृहमन्त्री र महान्यायाधिवक्तासँग बयान लिनू

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी संस्थाहरूको बचत रकम अपचलनबारेमा छानबिन गर्न गठित संसदीय समितिलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बयान लिन सुझाव दिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा उनले संसदीय छानबिन समितिको कार्यक्षेत्रमा नाम राख्न नसकिए पनि लामिछानेदेखि महान्यायाधिवक्ता दीनमणि पोखरेललाई पनि बयानका लागि बोलाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठक : संसद् अवरुद्धले नागरिकका गुनासा सम्बोधन हुन पाएनन्

अब गिरीबन्धुको टी-स्टेट प्रकरणको फाइल खोल्छौँ : मनीष झा

मनिष झाको तर्क- पुराना दलले देशको अवस्था बिग्रिनुमा रास्वपालाई दोष दिएर पन्छिन खोजे

प्रेम सुवालको प्रश्न- सदनमा उठेका विषय छानबिन गर्न संसदीय समिति गठन नगरिनुको कारण के हाे ?

जलवायु परिवर्तनको असर र प्रभावबारे संसदभित्र छलफल गर्नुपर्छ : सांसद सापकोटा

सन्दीपलाई भिसा नदिएर अमेरिकाले नेपालमाथि अपमान गर्‍याे : ज्ञानेन्द्र शाही

गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाए प्रधानमन्त्रीसँग हिसाब–किताब : गगन थापा

समयमै पार्टीको महाधिवेशन हुन्छ : एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन समयमै हुने कुरामा दुबिधा नरहेको प्रस्ट पारेको छ ।

आज बानेश्वरका आयोजित पत्रकार सम्मेलनपछि खबरहबसँग कुरा गर्दै पार्टीका सम्मानित नेता झलनाथ खनाल र पार्टी अध्यक्ष माधव नेपालले अव महाधिवेशन नसर्ने दाबी गरेका हुन् ।

माधव नेपालले भने : मधेस प्रदेश सरकार बनाउन छलफल गर्दैछौँ

झलनाथ भन्छन् : अब देश समाजवादी क्रान्तितिर अघि बढ्छ

महाधिवेशनपछि एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्छ : घनश्याम भुसाल

चार दलले मधेसका मुख्यमन्त्रीलाई हटाउन प्रदेश प्रमुखसँग माग गर्दै

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई पदबाट हटाउन माग गर्दै सत्ता गठबन्धन दलले प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

जनमत पार्टीको नेतृत्वमा नयाँ मधेस सरकार बनाउने सहमति भएसँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीले अल्पमतमा परिसकेकाले मुख्यमन्त्री यादवलाई पदबाट हटाउन प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष ज्ञापन पत्र बुझाउन लागेका हुन् ।

मधेस प्रदेश : सरकार टिकाउने र ढाल्ने कसरतमा दलहरू, सजिलो छैन दुवै पक्षलाई

पत्रकारिताको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राज्यका हरेक क्रियाकलापमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने भएकोले सरकारले सहयोग गर्दै आएको बताएका छन्।

आज नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले पछिल्लो प्रदेश सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि लोक कल्याणकारी विज्ञापनको रकम र पत्रकारका लागि निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रम सुरु गरिएको बताए ।

एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक, कुन देशबाट कति ?

सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६ दशमलव १० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को मेमा ७७ हजार सात सय तीन जना विदेशी पर्यटक नेपाल आएका थिए । कोभिड–१९ महामारी पूर्व ७८ हजार तीन सय विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

हिसान काठमाडौंले ‘दोस्रो हिसान म्याराथुन–२०२४’ आयोजना  गर्ने

काठमाडौं- उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौँ जिल्ला कार्यसमितिले ‘दोस्रो हिसान म्याराथुन–२०२४’ आयोजना गर्ने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हिसान काठमाडौंले आगामी जेठ २३ गते विश्व वातावरण दिवसको अवसर पारेर म्याराथुन आयोजना गरिएको जानकारी गराएको हो ।

काठमाडौं महानगरलाई विज्ञको सुझाव- सम्पर्कमा नआएका सहकारीहरू खारेजी प्रक्रियामा लैजानु

काठमाडौं महानगरपालिका कार्य क्षेत्र भई सम्पर्कमा नआएका करिब नौ सय सहकारीको दर्ता खारेजी गर्न विज्ञले सुझाव दिएका छन् ।

‘पहिले परिपत्र गर्नु, त्यसको जवाफ प्राप्त भएन भने ठेगाना उल्लेख गरेर सञ्चालक, सदस्य, बचतकर्ताहरूका नाममा सम्पर्क गर्न सार्वजनिक सूचना जारी गर्नु, यति गर्दा पनि कोही सम्पर्कमा आएनन् भने खारेजीको प्रक्रियामा लैजानु’, सहकारीविज्ञ काशिराज दाहालले भने, ‘यो सहकारी समस्या समाधानका लागि थाल्नुपर्ने प्रक्रिया हो ।’

सीबी लामामाथि दुई सहकारीको डेढ अर्बभन्दा बढी ठगी आरोप, ९०० जनाले दिए उजुरी

प्रहरीले सहकारी ठगी प्रकरणमा प्रकाउ गरेका चन्द्रबहादुर तामाङ (सीबी लामा) लाई आइतबार सार्वजनिक गरेको छ ।

काठमाडौं अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभमा बचतकर्ताको डेढ अर्बभन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो ।

अन्तर्राष्ट्रिय…

श्रीलङ्कामा वर्षा जारी, बाढी र डुबानको जोखिम उच्च

कोलम्बो- श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले राजधानी कोलम्बोको बाहिरी क्षेत्र र टापुका अन्य केही क्षेत्रमा आइतबार भारी वर्षाका कारण ठूलो बाढीको चेतावनी जारी गरेको छ ।

सिंचाइ विभागका अनुसार आइतबार बिहानैदेखि परेको भारी वर्षाका कारण कोलम्बोको बाहिरी इलाकामा रहेको प्रमुख केलानी नदी र श्रीलङ्काको दक्षिणमा रहेको जिन नदीमा पानीको सतह उच्च तहसम्म पुगेको छ ।

प्रधानमन्त्री मोदीद्वारा गर्मीको स्थिति र मनसुनको सुरुआतको तयारीको समीक्षा

खेलकुद…

प्रधानमन्त्री कप भलिबल : महिलातर्फ नेपाल पुलिस क्लबको लगातार दोस्रो जित

टी-२० विश्वकपको पहिलो खेलमा क्यानडामाथि अमेरिकाको शानदार जित

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ८ : ०३ बजे

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ