धूम्रपान गर्ने व्यक्तिले ध्यान दिनुपर्ने कुरा « Khabarhub

धूम्रपान गर्ने व्यक्तिले ध्यान दिनुपर्ने कुरा


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धूम्रपान गर्दा निकोटिन, कार्बोमोनोअक्साइड, तार, लिडजस्ता रसायनहरुको कारण विभिन्न स्वास्थ्य तथा सौन्दर्यका समस्याहरु देखिने गर्दछन् । लामो समयसम्म धूम्रपान गर्नाले स्वासनली फोक्सो आदि अंगहरुमा क्यान्सरसमेत हुने सम्भावना बढ्छ ।

यसरी आफ्नो स्वास्थ्य र सुन्दरतालाई नराम्रो असर पार्ने धूम्रपानलाई किन आफ्नो बानी बनाउँदै हुनुहुन्छ । चुरोटको धुवाँसँगै तपाईँको आयु अनि रूप उड्नु सिवाय यसले कुनै फाइदा गर्दैन । तपाईँ हाम्रो बुद्धि कतिको व्यर्थ रहेछ भन्ने कुरा स्पष्ट हुन्छ जब चुरोटको बट्टामा धूम्रपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने लेखिएको देख्दा देख्दै पनि त्यसलाई बेवास्ता गर्दै चुरोट पिउँछौ ।

तसर्थ स्वास्थ्यको लागि होस् वा सुन्दरताको लागि धूम्रपान त्याग्नै पर्ने देखिन्छ ।

ध्यान दिनुपर्ने कुरा

– धूम्रपान गर्ने व्यक्तिले दिनमा ३–४ लिटर पानी अनिवार्य पिउनुपर्छ । यसले रगतबाट विषाक्त तत्वलाई पखाल्ने काम गर्छ ।

– चुरोट पिउन मन लाग्ने बित्तिकै लसुन चपाउनुपर्छ ।

– चुरोटको लतमा लसुनले उत्तम औषधीको काम गर्छ ।

– दैनिक भोजनमा एक छाक जौ को सेवन गर्नु लाभदायक हुन्छ ।

– मूलालाई पिनेर २ चम्चा मह मिलाएर पिउनु लाभदायक हुन्छ ।

– चुरोट छोड्नको लागि मानसिक रूपमा आफै तयार रहनु अति आवश्यक हुन्छ । आफू तयार भइसकेपछि कल्पना ध्यानको अभ्यासद्वारा आफूले चुरोट छोडेको जीवन बाँचेको र आफू सुन्दर हुँदै गएको कल्पना गर्न सकिन्छ । यो विधिको प्रयोग दैनिक २० मिनेट २–३ पल्ट गर्नु प्रभावकारी हुन्छ ।

– योगा र प्राणायामले पनि यो समस्यामा ज्यादै लाभ गर्छ ।

– शरीर र मनलाई सन्तुलनमा राख्ने हुँदा योगले सघाउँछ । तसर्थ मनोक्रान्ति नमस्कार सूर्य नमस्कार र अन्य आसन वैज्ञानिक मनोक्रान्ति योगका अनुसार १८ आसनहरुको अभ्यास गर्न सकिन्छ ।

– दैनिक कम्तीमा २० प्राणायाम गर्नामा समस्यामा लाभ मिल्दछ ।

साभार : ‘एकसे एक उपचार’ पुस्तकबाट

 

 

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ७ : ३५ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ