कृषि उद्योगले रोजगारी बढ्दै « Khabarhub

कृषि उद्योगले रोजगारी बढ्दै


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- पछिल्लाे समय नेपालमा कृषि पेसा आधुनिक तवरले गर्न थालिएको छ । यो पेसा अहिले दर्ता गरेर उद्योगको रूपमा अघि बढिरहेको छ । विगतमा देशमा रोजगारी नभएर विदेशिएका युवा स्वदेश फर्केर कृषि पेसा अँगालिरहेका छन् । कृषि पेसालाई व्यवसायिक रूपमा अघि बढ्न थालेपछि कृषक र त्यहाँ कार्यरत मजदुर खुसी छन् ।

झापाको ग्रामीण क्षेत्रमा समेत कृषि उद्योगहरू धमाधम सञ्चालनमा आउन थालेका छन् । सरकारले दिने अनुदान र कोरोना कहरले गर्दा गाउँघरमै केही गर्न चाहने युवाहरूले खोलेको फार्मले वार्षिक पाँच हजार बढीलाई रोजगारीसमेत दिइरहेका छन् । 

घरेलु तथा साना उद्योग कार्यालय झापाको तथ्यांक अनुसार कोरोना कालमा सबैभन्दा धेरै कृषिजन्य उद्योग दर्ता भएको उनले बताए । गत आर्थिक वर्षमा तीन हजार ११० उद्योग दर्ता हुँदा एक हजार आठ सय ४९ कृषि उद्योग दर्ता भएको छ । चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्र १३ सय ९६ उद्योग हुँदा ८७२ कृषि उद्योग दर्ता घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । 

कृषि क्षेत्रमा दैनिक तीन सय बढीले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताए । ‘प्रत्यक्ष रूपमा दैनिक करिब तीन सयले रोजगारी पाएका छन्,’ उनले भने, ‘अप्रत्यक्ष रूपमा कृषिबाट रोजगारी पाउने धेरै छन् ।’ 

पछिल्लो समय कृषिलाई उद्योगको रूपमा विकास गरेर काम गर्नेको संख्या बढेको उनी बताउँछन् । ‘अहिले त व्यावसायिक खेती गर्ने धेरै छन् । जसमा युवाहरू धेरै देखिन्छ । सरकारले कृषिमा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको छ,’ उनी भन्छन्, ‘विदेश बसेर दुःख पाएर देशमै केही गरौँ भनेर नेपाल आएकाले पनि कृषि पेसालाई व्यवसायीकरण गरेका छन् । अर्को कुरा विदेशमा बसेर केही कमाएका हुन्छन् । जसले आफ्नै लगानीमा पेसा गर्न पनि पाएका छन् । कृषि पेसा अरूको भन्दा सजिलो र सहज छ । विदेशमा गएका युवाले त्यहाँ पनि कृषिमै काम गरेका भएर पनि नेपाल आएर यही पेसा गर्नेको संख्या बढी छ ।’

तीन वर्षदेखि कोरोनाको प्रभाव खेप्दै आएका वैदेशिक रोजगारमा जाने युवाहरूले पछिल्लो समय स्वदेशमै उद्योगधन्दा सञ्चालन गर्न थालेका छन् । जसले गर्दा स्थानीयस्तरमै रोजगारसँगै आम्दानी समेत गर्न थालेको व्यावसायिक केरा उत्पादक किसान चन्द्र बस्नेत बताउँछन् । ‘इजरायलमा सिकेको सीप मार्फत आफ्नै देशमा व्यावसायिक केरा खेती गर्दै आएको छु । कृषिमा व्यवसायीकरण गर्नसक्यो भने राम्रो हुन्छ,’ उनी भन्छन् । 

ज्ञान केन्द्र प्रमुख सिंहका अनुसार झापामा तरकारी, केरा, नर्सरी, च्याउलगायतका व्यावसायिक हुँदै आएका छन् । कृषि उद्योग सञ्चालन गर्दैगर्दा कृषि मजदुरको अभाव भइरहेको गौरादहका च्याउ उत्पादनक कृषक नलबहादुर खड्का बताउँछन् । ‘हामी व्यावसायिक रूपमा खेती गर्नेलाई मजदुरको अभाव हुन्छ । कृषि क्षेत्रमा काम गर्ने मान्छे पाउनै मुस्किल हुन्छ,’ उनी भन्छन्, ‘कृषि क्षेत्रमा पनि पैसा राम्रो छ । मानिसहरू विदेश जान्छन् । तर, कृषि क्षेत्रमा मजदुर गर्न मन पराउँदैनन् ।’

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १२ : ५० बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका