रुस–युक्रेनका सैनिक सहचारी एउटै कार्यक्रम देखिए « Khabarhub

रुस–युक्रेनका सैनिक सहचारी एउटै कार्यक्रम देखिए


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुस र युक्रेनबीच अहिले युद्ध चलिरहेको छ ।

दुवै देशबीच जारी युद्धमा सैयौँ मानिसको ज्यान गएको छ । युक्रेनलाई कब्जा गर्ने नियतका साथ रूपले भीषण आक्रमण जारी राखेको छ । युक्रेनले पनि कडा जवाफ दिइरहेको छ । छिमेकी भए पनि अहिले एक–अर्काको शत्रु भइसकेका रुस र युक्रेनका सैनिक सहचारी भने एउटै कार्यक्रममा देखिएका छन् ।

काठमाडौँमा भएको कार्यक्रममा रुस र युक्रेनका सैनिक सहचारी एकै ठाउँमा देखिएका हुन् ।

मंगलबार सेना दिवसमा थुप्रै देशका सैनिक सहचारीलाई नेपाली सेनाले निमन्त्रणा गरेको थियो ।

सोही निमन्त्रणअनुसार २१ देशका आवासीय तथा गैरआवासीय सैनिक सहचारी नेपाल आएका थिए ।

टुँडिखेलमा भएको कार्यक्रममा रुस र युक्रेनका पनि सैनिक सहचारी सहभागिता जनाएका थिए ।

जंगी अड्डामा युद्धकार्य निर्देशनालयले विभिन्न देशका सैनिक सहचारीहरूले बिहीबार माउण्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको जनाएको छ । उनीहरू बिहीबार लुम्बिनी र पोखराको अवलोकन कार्यक्रमसमेत रहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ६ : २५ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,