सुदूरपश्चिम खप्तड गोल्डकप भोलिदेखि सुरु हुँदै, प्रथम पुरस्कार राशी २१ लाख « Khabarhub

सुदूरपश्चिम खप्तड गोल्डकप भोलिदेखि सुरु हुँदै, प्रथम पुरस्कार राशी २१ लाख


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- धनगढीमा भोलि देखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए ।

भारतको दिल्लीबाट एउटा सहित १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुने छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालले मैदान तयार पारिएको बताउदै प्रतियोगितामा सहभागी हुने टोली पनि धनगढी पुग्न लागेको जानकारी दिए ।

आयोजक समुहले पत्रकार सम्मेलन मार्फत ट्रफी पनि सार्वजनिक गरेको छ । शमालका अनुसार प्रतियोगिताको उद्धघाटन खेलमा मनाङ मर्स्याङ्दी क्लव र भारतको दिल्ली फुटबल क्लव भिड्ने छन् ।

प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लव रहेका छन् । नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ ।

उप–विजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्ने छन् । आयोजकले खप्तड गोल्डकप फुटबल जगतमा देशकै सर्वाधिक धनराशी भएको प्रतियोगिता भएको दाबी गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ८ : २५ बजे

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’