प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता हुँदै, रेलसेवा उद्घाटन गरिँदै « Khabarhub

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता हुँदै, रेलसेवा उद्घाटन गरिँदै


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तीन दिने भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन्।

दुई देशका प्रधानमन्त्रीको भेट भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा हुने तय भएको छ। लगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ हुनेछ ।

साथै नेपालमा निर्माणाधीन १३२ वटा स्वास्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्य दृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।

त्यसैगरी दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्त्वपूर्ण घोषणा हुने जनाइएको छ । प्रधानमन्त्री मोदीले आजै समकक्षी देउवाको सम्मानमा दिवा भोजको आयोजना गरेका छन् ।

शुक्रबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री देउवासँग भारतका विदेशमन्त्री सुब्रमन्यम जयशङ्करले शिष्टाचार भेट गरिसकेका छन्। शुक्रबारै भारतीय जनता पार्टी(भाजपा)को प्रधान कार्यालय पुगेर देउवाले भाजपा नेताहरूसँग पनि समसामयिक विषयमा विचार विमर्श गरेका छन्।

बेलुकी नेपाली राजदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदानप्रदान हुने बताएका थिए।

प्रधानमन्त्रीका साथ प्रथम महिला डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ७ : ४८ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर