स्वीट्जरल्याण्डको समृद्धिबाट नेपालले के सिक्ने ? | Khabarhub Khabarhub

स्वीट्जरल्याण्डको समृद्धिबाट नेपालले के सिक्ने ?

उस्तै भूगोल उदाहरणीय विकास



स्वीट्जरल्याण्ड र नेपालबीच ठूलो भौगोलिक समानता छ। नेपालजस्तै स्वीट्जरल्याण्ड पनि पहाडी मुलुक हो। यो भूपरिवेष्ठित मुलुक पनि हो। स्वीट्जरल्याण्डको ठूलो हिस्सा युरोपेली आल्पस हिमालले ओगटेको छ। तर, समृद्धि र मानव विकासको क्षेत्रमा भने नेपाल र स्वीट्जरल्याण्डबीच ठूलो असमानता छ।

स्वीट्जरल्याण्डलाई समृद्धि, महङ्गा उत्पादन, बैकिङ्क क्षेत्र र सुन्दर आल्पस् हिमालले चिनिन्छ। स्वीट्जरल्याण्डको अर्को पहिचान – प्रत्यक्ष लोकतन्त्र, मताधिकारको उच्च प्रयोग, अधिक स्वायत्ततासहितको संघीयता र तटस्थता। त्यहाँको राजनीतिक स्थिरता पनि अरु भन्दा फरक छ।

राज्यका रुपमा स्विट्जरल्याण्ड १३ औं शताब्दीको अन्त्यदेखि अस्तित्वमा छ। मध्य युरोपका तीन प्रमुख स्वायत्त संघ उरी, स्वाइस र अन्टरवाल्डेन मिलेर पहिलो स्विस संघको गठन गरिएको थियो। कलान्तरमा ती संघले आसपासका क्षेत्रमा रहेका भूभागका शासकसँग सन्धि गरेर स्वीस संघलाई विस्तार गरेका थिए।

स्वीट्जरल्याण्डलाई समृद्धि, महङ्गा उत्पादन, बैकिङ्क क्षेत्र र सुन्दर आल्पस् हिमालले चिनिन्छ। स्वीट्जरल्याण्डको अर्को पहिचान – प्रत्यक्ष लोकतन्त्र, मताधिकारको उच्च प्रयोग, अधिक स्वायत्ततासहितको संघीयता र तटस्थता।

व्यवहारिक रुपमा स्वतन्त्र रहेपनि १७ औं शताब्दीमा वेष्टफिलाका विभिन्न सहरमा भएका सन्धिले तत्कालीन पवित्र रोमन साम्राज्यबाट स्वीट्जरल्याण्डलाई औपचारिक रुपमा स्वतन्त्रता दिलाएको थियो।

१८ औं शताब्दीको अन्त्यका केही वर्ष तथा १९ औं शताब्दीको सुरुमा फ्रान्सेली शासक नेपोलियनले स्वीट्जरल्याण्डमा आक्रमण गरेर कब्जामा लिएका थिए। त्यसबेला उनले स्वीट्जरल्याण्डलाई केन्द्रिकृत गणराज्यका रुपमा स्थापना गरेका थिए। युरोपमा नेपोलियनको पराजयसँगै स्वीट्जरल्याण्डमा विकेन्द्रीकरणको संघीयता लागू गरियो।

त्यसपछि सन् १८४७ को नोभेम्बर महिनामा भएको संक्षिप्त गृहयुद्धपछि त्यहाँ नयाँ संघीय संविधान जारीभयो। तटस्थतावाद, मानवअधिकार, व्यक्तिगत स्वतन्त्रता, शान्ति, अधिक संघीय स्वायत्ततासहितको केन्द्रिकृत प्रणालीलगायतमा आधारित उक्त संविधानले त्यहाँ राजनीतिलाई एकहदसम्म स्थिर बनाएर राख्यो। यद्यपि सन् १८७४ मा सोही संविधानमा आधारित रहेर नयाँ संशोधित संविधान जारीभयो।

१८ औं शताब्दीको अन्त्यका केही वर्ष तथा १९ औं शताब्दीको सुरुमा फ्रान्सेली शासक नेपोलियनले स्वीट्जरल्याण्डमा आक्रमण गरेर कब्जामा लिएका थिए। त्यसबेला उनले स्वीट्जरल्याण्डलाई केन्द्रिकृत गणराज्यका रुपमा स्थापना गरेका थिए।

१९ औं शताब्दीको उत्तराद्र्धमा औद्योगिक क्रान्तिपछि स्वीट्जरल्याण्डमा तीव्र गतिमा आर्थिक विकास हुनथाल्यो। स्वीट्जरल्याण्डमा घडी बनाउने कारखाना खुल्न थाले भने कृषि तथा पशुपालमा समेत क्रान्ति आयो। पर्यटन उद्योगको पनि आधारशीला यही बेला स्थापना भयो। स्वीट्जरल्याण्डमा जुरिच, बाडेन, जेनेभा, बर्न लगायतका सहरमा तीव्र विकास भयो।

स्वीट्जरल्याण्डको विकट पहाडी क्षेत्रमा एकपछि अर्को रेल सञ्जालको निर्माण गरियो। यही बेला स्वीट्जरल्याण्डमा दर्जनौं प्रतिष्ठित शैक्षिक केन्द्रको स्थापना भयो भने १८६३ मा स्वीट्जरल्याण्डको जेनेभा सहरमै रेड क्रसको स्थापना पनि भयो। विभिन्न बैंकिङ केन्द्रको पनि विस्तार यही समयमा भयो।

सन् १९१४ मा सारा युरोप भयानक पहिलो विश्वयुद्धमा होमियो। तर, स्वीट्जरल्याण्डले पहिलो विश्वयुद्धमा आफ्नो तटस्थतालाई जोगाएर राख्यो। स्वीट्जरल्याण्डे कुनै पनि पक्ष लिएर कुनै पक्षविरुद्ध युद्धको घोषणा गरेन।

सन् १९१४ मा सारा युरोप भयानक पहिलो विश्वयुद्धमा होमियो। तर, स्वीट्जरल्याण्डले पहिलो विश्वयुद्धमा आफ्नो तटस्थतालाई जोगाएर राख्यो। स्वीट्जरल्याण्डे कुनै पनि पक्ष लिएर कुनै पक्षविरुद्ध युद्धको घोषणा गरेन।

स्वीट्जरल्याण्डको जटिल भौगोलिक अवस्थिति तथा तटस्थाका कारण कुनै पनि पक्षले स्वीट्जरल्याण्डलाई निशाना बनाएनन्। विश्वयुद्धको समयमा स्वीट्जरल्याण्ड शरणार्थी, विद्वान्, राजनीतिक विचारक तथा शान्ति स्थापनार्थ बहसको केन्द्र बन्न पुग्यो।

स्वीट्जरल्याण्डको तटस्थताकै कारण पहिलो विश्वयुद्धपछि स्थापना भएको लिग अफ नेशन्सको मुख्यालय पनि स्वीट्जरल्याण्डको जेनेभामै स्थापना गरियो। सन् १९३० को दशकको आर्थिक मन्दीको मारमा परे पनि विस्तारै स्वीट्जरल्याण्डको अर्थतन्त्रले गति लिँदै गयो।

दोश्रो विश्वयुद्धमा पनि स्वीट्जरल्याण्डले आफ्नो सैनिक तथा कूटनीतिक तटस्थतालाई निरन्तरता दियो। दोश्रो विश्वयुद्धको समयमा नाजी जर्मनीको क्रुरताबाट भागेर आउने यहूदीका लागि स्वीट्जरल्याण्ड महत्वपूर्ण केन्द्रको रुपमा स्थापित हुन पुग्यो। त्यस्तै, तटस्थ मुलुक रहेकाले स्वीट्जरल्याण्डले जर्मन र पश्चिमा साझेदार दुबै पक्षसँग बैंकिङ कारोबारलाई निरन्तरता दियो। स्वीट्जरल्याण्डले दोश्रो विश्वयुद्धमा दुबै पक्षलाई सैनिक उपकरणको बिक्री गरेर ठूलो आर्थिक लाभसमेत हासिल गर्यो।

हरेक वर्ष लाखौं पर्यटकले भ्रमण गर्ने गरेका छन् भने कृषि तथा पशुपालमा समेत स्वीट्जरल्याण्ड अग्रस्थानमा आउँछ। जर्मनी, फ्रान्स, इटाली, अष्ट्रिया लगायतका समृद्ध छिमेकी रहेकाले स्वीट्जरल्याण्डले यस्ता समृद्ध मुलुकसँगको व्यापारिक साझेदारीबाट पनि लाभ लिँदै आएको छ।

त्यसयता स्वीट्जरल्याण्डको अर्थतन्त्र संसारको सबैभन्दा उन्नत खुला बजारमा आधारित मानिन्छ। यहाँको बैंकिङ सेवा, पर्यटन, कृषि र घडी बनाउने उद्योगको विकास भइसकेको छ। यहाँको बैंक सुरक्षित तथा बैंकिङ कारोबार गोप्य रहने भएकाले विश्वका विभिन्न मुलुकबाट यहाँका बैंकमा ठूलो मात्रामा धन जम्मा हुने गरेको छ।

यहाँ हरेक वर्ष लाखौं पर्यटकले भ्रमण गर्ने गरेका छन् भने कृषि तथा पशुपालमा समेत स्वीट्जरल्याण्ड अग्रस्थानमा आउँछ। जर्मनी, फ्रान्स, इटाली, अष्ट्रिया लगायतका समृद्ध छिमेकी रहेकाले स्वीट्जरल्याण्डले यस्ता समृद्ध मुलुकसँगको व्यापारिक साझेदारीबाट पनि लाभ लिँदै आएको छ।

स्वीट्जरल्याण्डको सबैभन्दा महत्वपूर्ण पाटो चाहिँ त्यहाँको राजनीतिक व्यवस्था नै हो। प्रत्यक्ष लोकतान्त्रिक व्यवस्था रहेकाले यहाँ हरेक वर्ष दर्जनौं जनमत संग्रहको आयोजना हुने गरेका छन्।

राज्य व्यवस्थादेखि मानिसहको दैनिक जीवनलाई प्रभाव पार्ने अधिकांश पक्षमा आयोजना हुने संघीय तथा राज्यस्तरका जनमत संग्रहका कारण स्वीट्जरल्याण्डको लोकतान्त्रिक पद्धतिलाई विश्वमै नमूना मानिन्छ।

स्वीट्जरल्याण्डको सबैभन्दा महत्वपूर्ण पाटो चाहिँ त्यहाँको राजनीतिक व्यवस्था नै हो। प्रत्यक्ष लोकतान्त्रिक व्यवस्था रहेकाले यहाँ हरेक वर्ष दर्जनौं जनमत संग्रहको आयोजना हुने गरेका छन्।

स्वीट्जरल्याण्डमा २७ क्यान्टन अर्थात् राज्यस्तरका स्वायत्त प्रशासनिक क्षेत्रहरु छन्। हरेक क्यान्टनलाई अधिक स्वायत्तता तथा स्वशासनको ग्यारेन्टी गरिएको छ। त्यहाँका हरेक क्यान्टनले आफूअनुकूल कानुन निर्माण गरेर लागू गर्नसक्छन्।

स्वीट्जरल्याण्डको शासन प्रणाली पनि अन्य मुलुकको भन्दा भिन्न छ। अन्य मुलुकका एक व्यक्ति मात्र राष्ट्रप्रमुख रहने व्यवस्था भए पनि स्वीट्जरल्याण्डमा त्यस्तो छैन।

यहाँ ७ जनाको परिषद् छ जसले त्यहाँको राष्ट्रप्रमुखको निर्धारण गर्छ। परिषद्का सबै ७ सदस्य समूहिक तथा समान रुपमा त्यहाँका राष्ट्रप्रमुख रहने प्रावधान छ। ती ७ मध्येपनि औपचारिकताका लागि हरेक वर्ष एकजनालाई औपचारिक रुपमा स्वीट्जरल्याण्डको प्रतिनिधित्व गर्नका लागि राष्ट्रपति बनाइन्छ।

संयुक्त राष्ट्रसंघको सदस्यता पनि स्वीट्जरल्याण्डले धेरैपछि सन् २००२ मा मात्र लिएको थियो। यस्ता अन्तर्राष्ट्रिय संगठनमा सदस्यता लिनका लागि समेत स्वीट्जरल्याण्डमा जनमत संग्रह आयोजना गरिन्छ।

तटस्थातावादमा विश्वास गर्ने भएकाले स्वीट्जरल्याण्ड विश्वबाट अलग रहँदै आएको छ। युरोपको ठूलो हिस्सा युरोपेली युनियनमा रहेको तथा चारैतिर युरोपेली युनियनका सदस्यसँग सीमाना जाडिए पनि स्वीट्जरल्याण्डले युरोपेली युनियनको सदस्यता लिएको छैन।

संयुक्त राष्ट्रसंघको सदस्यता पनि स्वीट्जरल्याण्डले धेरैपछि सन् २००२ मा मात्र लिएको थियो। यस्ता अन्तर्राष्ट्रिय संगठनमा सदस्यता लिनका लागि समेत स्वीट्जरल्याण्डमा जनमत संग्रह आयोजना गरिन्छ।

स्वीट्जरल्याण्डले अन्तिमपटक सन् १८१५ मा सातौं गठबन्धनका तर्फबाट नेपोलियनको शासनमा रहेको फ्रान्सविरुद्ध युद्धमा सहभागी भएयता कुनै युद्धमा संलग्न भएको छैन। त्यस्तै, स्वीट्जरल्याण्डको भूमिमा सन् १८४७ मा केबल २७ दिन गृहयुद्ध भएको थियो।

युद्ध तथा हिंसाबाट टाढै रहने भएकाले पनि स्वीट्जरल्याण्डलाई शान्तिप्रिय मुलुकको रुपमा समेत चिनिन्छ। सोही कारण अन्तर्राष्ट्रिय शान्ति स्थापनाको प्रयासमा समेत स्वीट्जरल्याण्डले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। विश्वमा हुने हिंसा तथा युद्धमासमेत स्वीट्जरल्याण्डले मध्यस्थता गर्दै आएको छ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ८ : ३५ बजे

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।