मोटरसाइकल सिक्ने क्रममा अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु « Khabarhub

मोटरसाइकल सिक्ने क्रममा अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अष्ट्रेलियाको तस्मानियामा मोटरसाइकल सिक्ने क्रममा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

तास्मानियाको लन्चेस्टरमा मोटरसाइकलको लाइसेन्सको परीक्षाका लागि तयारी गर्ने क्रममा कारसँग ठोक्किएर दुर्घटना हुँदा ललितपुर गोदावरीका सशान्त सिग्देलको मृत्यु भएको एनआरएनए तास्मानियाका संयोजक राकेश शाक्यले जानकारी दिए।

त्यहाँको प्रहरीले दिएको जानकारी अनुसार बुधबार दिउँसो २ बजेर ४० मिनेटमा दुर्घटना भएको हो। सशान्तको शव नेपाल पठाउने वा अष्ट्रेलियामै अन्त्यष्टि गर्ने भन्नेबारे परिवारसँग छलफल भइरहेको शाक्यले बताए ।

सशान्त सन् २०१८ मा मेलवर्नको फेडेरेसन विश्वविद्यालयमा अकाउन्ट पढ्न गएका थिए । पिआरका लागि सशान्त मेलबर्नबाट सन् २०२० मा तास्मानिया बसाइ सरेका थिए ।

दुइ महिना अघि पनि मोटरसाइकल दुर्घटनामा सिड्नीमा एक नेपाली विद्यार्थीको निधन भएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : ११ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय