मोटरसाइकल सिक्ने क्रममा अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु « Khabarhub

मोटरसाइकल सिक्ने क्रममा अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अष्ट्रेलियाको तस्मानियामा मोटरसाइकल सिक्ने क्रममा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

तास्मानियाको लन्चेस्टरमा मोटरसाइकलको लाइसेन्सको परीक्षाका लागि तयारी गर्ने क्रममा कारसँग ठोक्किएर दुर्घटना हुँदा ललितपुर गोदावरीका सशान्त सिग्देलको मृत्यु भएको एनआरएनए तास्मानियाका संयोजक राकेश शाक्यले जानकारी दिए।

त्यहाँको प्रहरीले दिएको जानकारी अनुसार बुधबार दिउँसो २ बजेर ४० मिनेटमा दुर्घटना भएको हो। सशान्तको शव नेपाल पठाउने वा अष्ट्रेलियामै अन्त्यष्टि गर्ने भन्नेबारे परिवारसँग छलफल भइरहेको शाक्यले बताए ।

सशान्त सन् २०१८ मा मेलवर्नको फेडेरेसन विश्वविद्यालयमा अकाउन्ट पढ्न गएका थिए । पिआरका लागि सशान्त मेलबर्नबाट सन् २०२० मा तास्मानिया बसाइ सरेका थिए ।

दुइ महिना अघि पनि मोटरसाइकल दुर्घटनामा सिड्नीमा एक नेपाली विद्यार्थीको निधन भएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : ११ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति