छलफल गर्न प्रधानमन्त्रीले नबोलाएको भन्ने ओलीको आरोप झुट : प्रवक्ता डा‍. महत « Khabarhub

छलफल गर्न प्रधानमन्त्रीले नबोलाएको भन्ने ओलीको आरोप झुट : प्रवक्ता डा‍. महत


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलका नेताहरूसँग छलफल गर्न नचाहेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपको खण्डन गरेका छन् ।

देउवाले छलफल गर्न चाहेर बोलाएको तर ओलीसहितका विपक्षी दलका अन्य नेताहरू काठमाडौंबाहिर रहेकाले छलफल गर्न सम्भव नभएको उनले स्पष्ट पारे । उनले ओलीको आरोपलाई झुट भनेका छन् ।

‘ओलीजी झुटमाथि झुटको कुरा गर्न अग्रणी स्थानमा छन् । त्यस्तो झुटलाई चिर्न जरुरी छ । उहाँले भारत भ्रमणमा देउवाजी जानुभयो, हामीसँग कुराकानी गर्नुभएन । फोनसमेन गर्नुभएन भनेर व्यापक प्रचार गर्नुभयो । त्यो सरासर झुट हो । सम्पूर्ण विपक्षी दलका नेताहरूलाई बोलाइएको तर सबै नेताहरू बाहिर रहेका कारण छलफल नभएको हो’, बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले सनिवार आयोजना गरेको दोस्रो किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उनले भने ।

अध्यक्ष ओली जनतातिर फर्केर राष्ट्रियताको ठूला कुरा गर्ने र सम्बन्धित ठाउँमा चूँ नबोल्ने नेता भएको प्रवक्ता महतको आरोप छ । कांग्रेस भने सशक्त ढंगले सम्बन्धित ठाउँमा सुस्पष्ट ढंगले कुरा राख्ने पार्टी भएको दाबी गरे ।

भारत भ्रमणमा रहेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सीमासम्बन्धी सवाल उठान गर्ने र ढिलो चाँडो टुंगो लाग्ने बताए । फरक प्रसङ्गमा उनले किसुनजी अर्थात कृष्णप्रसाद भट्टराई निष्कलंक र सादा जीवन जीउने पूर्वप्रधानमन्त्री भएको भन्दै चर्चा गरे ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ६ : ४३ बजे

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुरमा पाटनको अष्टमातृका नाच सम्पन्न

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर