उदयपुरका सबै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय « Khabarhub

उदयपुरका सबै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरका सबै स्थानीय तहमा आगामी निर्वाचनमा पाँच राजनीतिक दलले गठबन्धन गर्ने निर्णय गरेका छन् ।

केन्द्रले पाँच दलबीच गठबन्धन गर्नेगरी छलफल चलाएअनुसार नै उदयपुरमा मोर्चाबन्दी गरेर अघि बढ्ने निर्णय भएको हो । यहाँका पाँच दलमा आबद्ध गठबन्धनका नेताहरूले शनिबार बैठक गरी आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका हुन् ।

नेपाली कांग्रेस उदयपुरका जिल्ला सभापति तथा प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका अध्यक्ष विनोद कटुवाल , नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक राममणि पोखरेल, जनता समाजवादीका केन्द्रीय सदस्य खेमनारायण यादव र राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्ष लिल कुमार राई, प्रदेश सांसद नारायण बुर्जा मगर, कैलाश राईसहितको उपस्थितिमा चुनावी तालमेल गर्ने निर्णय भएको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष पोखरेलले भने, ‘पाँच दलबीच अधिकतम लचकताका साथ गठबन्धन गर्ने निर्णय गरियो र बैठकमा पार्टीका प्रतिनिधिहरूबाट आ–आफ्नो पार्टीको वस्तुगत स्थिति समीक्षाको साथै प्रारम्भिक छलफल भएको छ । आगामी २६ मा बस्ने बैठकले प्राविधिक सहमति जुटाउने र उम्मेदवारी बाँडफाँट हुने नेकपा माओवादीका जिल्ला अध्यक्ष विनोद कटुवालले जनाएको छ ।

अघिल्लो निर्वाचनमा आठ स्थानीय तहमध्ये ६ वटामा एमालेले जितेको थियो । एक एक पालिकामा नेकपा माओवादी र नेपाली कांग्रेसले जितेका थिए । बेलका नगरपालिकामा पनि नेपाली कांग्रेसका नेता अशोक कार्कीको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीले गठबन्धन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : २७ बजे

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुरमा पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर