पुटिनका कारण विश्वभर मूल्यवृद्धि भएको बाइडेनको आरोप « Khabarhub

पुटिनका कारण विश्वभर मूल्यवृद्धि भएको बाइडेनको आरोप


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभर मूल्य वृद्धि भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले आरोप लगाएका छन् । युक्रेनमाथि रुसी हमलापछि ग्यासको मूल्य बढेका र यसकारण सबै वस्तुको भाउ अकासिएको उनको भनाइ छ ।

उर्जाको बढ्दो मूल्य व्यवस्थापन गर्नका लागि अमेरिकी रणनीतिक भण्डारबाट दैनिक दश लाख ब्यारेल तेल निकाल्न निर्देशन दिएसँगै बाइडेनको यस्तो भनाइ आएको हो ।

‘अमेरिकीहरूले पुटिनको ग्यासको मूल्यवृद्धिको असर पम्पहरूमा भोगिरहेका छन् ।’ बाइडेनले भने ।

उनले ट्विटरमा लेखेका छन्, ‘मलाई थाहा छ ग्यासको भाउ एकदमै पीडादायी छ । मेरो योजनाले अहिलेको पीडा कम गराई भोलि यसबाट जोगाउँछ । मसँग भएका सबै उपकरणको प्रयोग गरी पुटिनको मूल्यवृद्धिबाट तपाईँहरूलाई बचाउनेछु । र दलीय मतभेदलाई पन्छाउन म कांग्रेससमक्ष आह्वान गर्छु । यो समय सँगै भेटौँ ।’

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  २ : ४२ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स