तालमेलका लागि गठबन्धनको जिल्लास्तरीय संयन्त्र गठन « Khabarhub

तालमेलका लागि गठबन्धनको जिल्लास्तरीय संयन्त्र गठन


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनमा आबद्ध पाँच दलले चुनावी तालमेलका लागि जिल्ला स्तरीय संयन्त्र गठन गरेको छ।

रुपन्देहीमा पनि चुनावी तालमेल आवश्यक रहेको भन्दै नेपाली कांग्रेस पार्टी कार्यालय भैरहवामा बैठक बसेर समिति गठन गरिएको छ ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको संयोजकत्वमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नारायण जिसी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष राजु गुरुङ्ग र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समिति गठन गरिएको हो ।

उक्त समितिले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तुस्थिति बुझी केन्द्रलाई सुुझाव पठाउने र जिल्लामा आवश्यक रणनीति तय हुनेछ । संयन्त्रले २२ चैतमा थप छलफल गर्नेछ । रुपन्देहीमा १६ वटा स्थानीय तह छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ७ : २२ बजे

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुरमा पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर