चुनाव चिह्न त्रिशुल हुन्छ भन्दै मजाक गर्नेको हालत पल्टिनेछ : ओली « Khabarhub

चुनाव चिह्न त्रिशुल हुन्छ भन्दै मजाक गर्नेको हालत पल्टिनेछ : ओली


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘केपी ओलीको चुनाव चिह्न त्रिशुल हुन्छ’ भन्दै मजाक गर्ने नेताको हालत पल्टिने बताएका छन् ।

खोटाङको दिक्तेलमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै हलेसी महादेवस्थान आएका अध्यक्ष ओलीले सोही ठाउँमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा सूर्य र त्रिशुल जोडिएपछि मजाक उडाउँने नेताको हालत पल्टिने बताएका हुन् ।

एमाले छाडेर गएका नेताले ‘केपी ओलीको चुनाव चिह्न त्रिशुल हुन्छ’ भन्दै मजाक उडाएको उल्लेख गर्दै ओलीले आफूले नभई उनीहरूलाई शिवजीले त्रिशुल हान्ने बताए । ‘हाम्रो पार्टी छाडेर गएका एक जना कसैले बडो मजाकसँग मलाई के भने भने केपी ओलीको चुनाव चिह्न अब त्रिशुल हुन्छ । अब सूर्यसँग त्रिशुल पनि जोडिने भो,’

पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलसहित खोटाङ आएका अध्यक्ष ओलीले पवित्र हलेसीमा अपवित्र गठबन्धनको बारेमा कुनै टिकाटिप्पणी नगर्ने बताए । अध्यक्ष ओलीले पत्नी राधिका शाक्यसहित हलेसीमा दर्शन गरेका छन् । ओलीले हलेसीमा दुई लाख भेटी चढाएको घोषणा पनि गरे । उनले हलेसीको धार्मिक, ऐतिहासिकता र पौराणिकता महत्वका बारेमा पनि चर्चा गरेका थिए ।

हलेसीमा दर्शन तथा संक्षिप्त पत्रकार सम्मेलनपछि अध्यक्ष ओली दिक्तेलमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न माटिकोरे खेलमैदान पुगेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ११ : ३१ बजे

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुरमा पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर