तेल भर्न उपत्यकाका पम्पहरुमा लामो लाइन, अभाव हुने त्रास फैलियो « Khabarhub

तेल भर्न उपत्यकाका पम्पहरुमा लामो लाइन, अभाव हुने त्रास फैलियो


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकाका इन्धन भर्ने पम्पहरुमा तेल हाल्ने सर्वसाधारणको चाप एक्कासि बढेको छ । घण्टौँ लाइनमा बसेर उनीहरु तेल हाल्न बाध्य भएका छन् । इन्धन अभाव हुने र मूल्य बढ्ने आशङ्काले यसरी तेल हाल्न लाइनमा बसेका सर्वसाधारणले प्रतिक्रिया दिए । इन्धन ढुवानी गर्ने व्यवसायीहरुले विभिन्न माग राखेर डिपोबाट तेल नउठाएको समाचार सार्वजनिक भएपछि तेल अभाव हुने आशङ्काले एक्कासि लाइन बढेको हो । ढुवानीकर्ताले भाडा समायोजनको माग गरेका जनाइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले पहिले/पहिले ग्यास अभाव हुने भयो भन्ने हल्लामा एकै जनाले चार/पाँचवटा सिलिन्डर जम्मा गरेजस्तै देखिन लागेको उल्लेख गर्दै चाप बढेकाले शान्ति र सुरक्षालाई ध्यानमा राखेर पम्पहरुमा प्रहरी टोली नै खटाउनु परेको जानकारी दिए । अहिले आवश्यताभन्दा बढी तेल भर्न सर्वसाधारण लाइनमा बसेका छन् । कतिपय त ग्यालिनसमेत बोकेर पम्पमा आएका देखिए ।

दैनिक रुपमा हुने चापभन्दा बढी चाप परेकाले ठूलो लाइन लागेको पम्प सञ्चालकको भनाइ थियो । नेपाली प्रहरीको नक्साल, नेपाली सेनाको भद्रकाली, सशस्त्र प्रहरीको हलचोकको पम्पलगायत उपत्यकाका सबैजसोमा तेल लिन सर्वसाधारणको ठूलो भिड छ । शनिबार बन्द हुने पम्पमा समेत आज लामो लाइन छ । शुक्रबारदेखि नै यो समस्या देखिएको प्रहरीले जनाएको छ ।

कतिपय पम्पहरुले तेल छैन भनेर ब्यानर नै झुन्ड्याउन थालिसकेका छन् । शुक्रबार मात्रै इन्डियन आयल कर्पाेरेशनले पनि इन्धनको मूल्य समायोजनसहितको सूची पठाएको थियो । आयल निगमका अनुसार ग्यास प्रतिसिलिन्डर रु २७३ ले र मट्टितेल प्रतिलिटर रु २२ ले बढेको छ भने पेट्रोल प्रतिलिटर रु १.४८ ले घटेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ५ : ४८ बजे

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि