यातायात क्षेत्रको समस्याप्रति सरकार गम्भीर नभएको व्यवसायीको आरोप « Khabarhub

यातायात क्षेत्रको समस्याप्रति सरकार गम्भीर नभएको व्यवसायीको आरोप


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– यातायात क्षेत्रका समस्याप्रति सरकार गम्भीर नभएको यातायातले गुनासो गरेका छन् ।

लुम्बिनी ट्रक यातायात व्यवसायी सघं सिद्धार्थनगरको १०औं साधारण सभा तथा पाँचौं अधिवेशनमा बोल्दै व्यवसायीले भारतीय गाडीले नेपालमा बोक्ने ओभरलोड रोक्नु पर्ने, भारतीय गाडीले ठूला डिजलका ट्यांकी बनाएर डिजल भरेर नेपालबाट भारत लैजानेलगायत अवैध काम गरोकिनु पर्ने माग गरेका छन् ।

पेट्रेलीयम पदार्थमा भारी मूल्य वृद्धि हुँदासमेत ढुवानीमा भाडा समायोजन नभएको भन्दै व्यवसायीले तत्काल भाडा बढाउन माग गरे ।

कोरोनाका कारण थला परेको यातायात क्षेत्र अहिले भाडा समायोजन नहुँदा थप समस्यामा परेको नेपाल ट्रक यातायात व्यवसायी महासघंका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताए ।

ट्रक व्यवसायीले गरेको योगदान राज्यले बुझ्न नसकेको भन्दै उनले कहिलेकाहीँ व्यवसायी एक नहुँदासमेत राज्यले आफूहरूलाई बेवास्ता गरेको बताए ।

यस्तो अवस्थामा राज्यले भन्सारसम्म मात्र भारतीय गाडीलाई इजाजत दिएर नेपालमा नेपाली गाडीलेनै बोक्ने वातावरण मिलाउनु पर्ने माग गरे । महासघंका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले नेपालभित्र ढुवानी गर्न नेपाली व्यवसायी सक्षम रहेको भन्दै राज्यले त्यही अनुसारको नीति बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी ट्रक यातायात व्यवसायी सघंका अध्यक्ष विष्णुप्रसाद खरेलले अविलम्ब भाडा समायोजनको माग गर्दै समायोजन भएको भाडा कार्यान्वयन हुनुपर्ने बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ६ : ३६ बजे

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि